हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हुने भएको छ ।

हेटौंडामा विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो पटक नेपालको सात वटै प्रदेशमा प्रादेशिक सम्मेलन हुने र सातवटै प्रदेशमा भोली शुक्रबार र शनिबार एकै पटक सम्मेलन सुरु गरिने जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञ प्रसाद अधिकारीले २०७४ सालमा गरिएको राष्ट्रिय सम्मेलन पछि पहिलो पटक आयोजना गरिएको बताए ।

प्रदेशस्तरमा मानव अधिकार रक्षकहरुको अवस्थाको बारेमा अध्ययन गरि रक्षकहरुको भूमिका अवस्था, र आगामी दिनमा थप प्रभावकारी बनाउन सम्मेलनको आयोजना गरिएको बताएका हुन।

उनले सामना गर्नुपर्ने चुनौतीका विषयमा छलफल समस्याहरुको समाधानको बाछो तर्फ लैजान घोषणापत्र तयार पारी सरकारलाई बुझाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

उक्त कार्यक्रमको सात वटै प्रदेशमा मुख्यमन्त्रीले नै उद्घाटन गरिने उठेका विषयवस्तुहरु सरकारलाई एकमुष्ट बुझाउने बताए ।

आयोगका सदस्य तथा प्रादेशकि सम्मेलनका संयोजक लिली थापाले रक्षकले काम गर्द चुनौतीमा सुरक्षाको निम्ति कुनै कदम नचालिएको अवस्था रहेसंगै कामको आत्मसम्मान समेत नपाईएको बताईन् ।

नपाउनुका साथै सरकारको तर्फबाट सुरक्षा, सम्मान र काम गर्ने वातावरण सिर्जना नभएको बताइन् ।
३० वटा भन्दा बढी मानव अधिकारका संघ संस्थाका प्रतिनिधि, पत्रकार महासंघ लगायतसंग समन्वय गरि १३० जनाको सहभागिता रहने बताईन् ।