जर्सी सहयोग प्राप्त भएपछि प्रदर्शनी गर्दै हेटौंडाका महिला खेलाडी सहित अन्य पदाधिकारीहरु ।

हेटौंडा । हेटौंडामा आज आइतबारबाट सुरु भएको तेस्रो संस्करणको मकवानपुर जिल्ला पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा सहभागी भएका हेटौंडा महिला टिमलाई नगर खेलकुद विकास समितिले सहयोग गरेको छ । शनिबार हेटौंडा–४,हुप्रचारस्थित भलिबल कोर्टमा पालिकास्तरीय भलिबल प्रतियोगितामा हेटौंडाको प्रतिनिधित्व गरेर सहभागी भएका महिला टिमलाई प्रतियोगिताका लागि आवश्यक सामाग्री नगर खेलकुद विकास समितिले सहयोग गरेको हो ।

महिला खेलाडीलाई करिब ५० हजार रुपैयाँ बराबरको १४ थान जर्सी, टिर्सट निक्याप सहयोग स्वरुम नगर खेलकुदका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेले हस्तान्तरण गरेका थिए । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सुरु भएको प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा मकवानपुर जिल्ला खेलकुद विकास समिति र नगर खेलकुद विकास समितिको सहकार्य रहेको छ । भलिबल संघका अध्यक्ष बसन्त सिटौला राष्ट्रिय रेफ्रि विनोद श्रेष्ठ लगायतको उपस्थितमा जर्सी सामाग्री सहयोग गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ८० हजार रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा सान्त्वना हुने टिमले ३० हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख रुपैयाँ बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा मकवानपुरको ७ वटा पालिकाको सहभागिता रहेको छ ।