हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचनको कार्यक्रम अन्तर्र्गत हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मकवानपुर क्षेत्र नम्बर-१ को ९ हजार १ सय १५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेद्वार प्रकाश गौतम ४ हजार भन्दा बढी मतले अग्रतामा रहेका छन् । मकवानपुर १ मा ९ हजार मत गणना हुँदा रास्वपाका प्रकाश गौतमले ५ हजार ४ सय १८ मतले अग्रता दोब्बर बनाएका छन् ।
अहिलेसम्मको मत गणनाको नतीजा अनुसार रास्वपाले अग्रपंतीमा देखिएको छ । यस्तै, नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय डिना १ हजार २ सय ४ मतसहित दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका रामेश्वर राना ९ सय मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय ३ सय १८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
मकवानपुर बिहीबार सम्पन्न भएको मतदान अनुसार दुई क्षेत्रमा ५९ प्रतिशत मत खसेको थियो । मकवानपुरका दुई क्षेत्रबाट दलीय र स्वतन्त्रगरी ४४ जनाको उम्मेद्वारी परेको छ ।























प्रतिक्रिया दिनुहोस्