रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकामा मकवानपुर घर जग्गा व्यवासायी संघले शनिबार संघको पहिलो बिशेष वार्षिक साधारण सभाको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ ।

ब्लड बैंक हेटौडाको सहयोग रहेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

हेटौडा उपमहानगरपालिका वडा नं २ मानस चोक स्थित संघको कार्यालय परिसरमा प्रदेश युवा परिषद बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँई, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, घर जग्गा व्यवासायी संघका प्रतिनीधि, व्यवसायीहरु लगायतको उपस्थितिमा शनिबार बिहानको समयमा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रम संघका अध्यक्ष कमलराज मैनालीको अध्यक्षता तथा पत्रकार महासंघका मकवानपुरका अध्यक्ष मणिराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।