हेटौंडा । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाको आयोजनामा मकवानपुर पत्रकारहरुका लागि निर्वाचनको आचारसंहिताबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बुधबार हेटौंडा–२,स्थित जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको सभाहलमा नेपाल पत्रकार महासंघ मकवानपुरसँगको समन्वयमा निर्वाचनको आचारसंहितबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मकवानपुरमा सञ्चालित विभिन्न अनलाईन मिडिया, टेलिभिजन, रेडियो, छापा मिडिया लगायतमा आवद्ध करिब २० जनाको हराहारीमा पत्रकारहरु सहभागी भएका थिए ।

आचारसंहित कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले निर्वाचनको समयमा गर्नु हुने नहुने र पालना गर्नुपर्ने नियमको बारेमा जानकारी गराएका छन् । उनले कसैको मान हानी हुनेगरी एक पक्षय उम्मेद्वारीलाई समर्थन गरेर समाचार तथा सुचना प्रवाह गरेमा त्यो आचारसंहिताको विरुद्ध हुने जानकारी गराएका थिए ।

जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्र बीचको सम्बन्ध र सद्भावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने उनले बताए । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने उनले बताए । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसार वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने, तर मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म त्यस्तो विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने उनको भनाई छ ।

रातो समाचार संवाददाता
थप जानकारी