मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दीपेश दाहालले वडाको बस्ती संरक्षणमा जोड दिने तर्फ लागेका छन् ।
५ नंम्बर वडामा पर्ने भालुखोला,धादिङ देखि कालिबन सम्म बाईपास बाटो तथा करिडोर निर्माण सुरु गरिएको वडाध्यक्ष दाहालले बताए ।
वडाको बस्ति छेउमा पर्नेसामरीखोला रहेकोले उक्त खोलामा तटबन्ध गरि स्थानीय क्रसर उद्योगहरुको सहयोगमा बाईपास सडक निर्माण सुरु गरिएको उनले बताए ।
गाउँपालिकाको आगामी बजेट विनियोजन गरेर थप काम गर्ने र नदीजन्य पदार्थ तथा गिट्टी,बालुवा र ढुङ्गा बोक्ने ट्याक्टर, टिफर बस्तीबीचको सडकबाट सञ्चालन रोक लगाएर बाइपास सडक निर्माण तिब्र गतिमा काम गरिहेको उनले बताएका हुन् ।
बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा५ नम्वर वडाध्यक्षमा विजयी भएका नेपाली कांग्रेसका दाहालले २,२२७ मत खसेकोमा ११६९ मत ल्याएर निर्वाचित भएका थिए ।
उनका प्रतिद्धन्दि रहेका घिमिरेले ७२१ र माओवादीका रत्नप्रसाद तिमिल्सनाले २३० मत प्राप्त गरेका थिए।
जनताले चुनेका जनप्रतिनिधिहरु केही सम्मान लिन व्यस्त छन् भने दाहाल जनताको काममा व्यस्त छन् ।