जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा एसपी बामदेव गौतम आउने भएका छन् ।
मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग एसएसपीमा बढुवा भएर सरुवा भएपछि मकवानपुरको नेतृत्वमा एसपी गौतम आउने भएका हुन् ।
यस अघि नै डिएसपी हुदा मकवानपुरमा रहदा इमान्दार भई मकवानपुरे जनताको काम गरेका गौतम करिब १७ महिना मकवानपुरमा रहेर प्रहरीको जिम्मेवारी सहि ढङ्गले निभाएका थिए।
गौतमको २०७४ साउन ३२ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा सरुवा भएको थियो।
एसपीमा बढुवा भइसकेका काठमाडौं उपत्यका इन्टेलिजेन्स शाखामा कार्यरत एसपी गौतम मकवानपुर जिल्लाको सुरक्षा सम्भाल्न आउँने भएका हुन् ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन् भने सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् ।
सरुवा सुची
















प्रतिक्रिया दिनुहोस्