स्पोर्टस् अवार्ड वितरणपछि सम्पूर्ण खेलाडीहरुबीचको सामूहिक तस्बीर ।

हेटौंडा । राष्ट्रिय खोखो खेलाडी मकवानपुरका राजन बल र राष्ट्रिय कराँते खेलाडी धादिङकी एरिका गुरुङलाई बागमती प्रदेशको उत्कृष्ट वर्ष खेलाडीको अवार्ड प्रदान गरिएको छ । आइतबार हेटौंडा–४,स्थित हुप्रचौरमा बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रथम प्रदेश स्पोर्टस् अर्वाड कार्यक्रमको आयोजना गरेर राष्ट्रिय खोखो खेलाडी मकवानपुरका राजन बल र धादिङकी महिला खेलाडी एरिका गुरुङका प्रदेश वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिँदै जनही एक÷एक लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ । । प्रदेश खेलकुद मन्त्रालयले पहिलो पटक अवार्ड कार्यक्रमको आयोजना गर्दै ८ विधामा १३ जनालाई अवार्ड प्रदान गरेको जनाएको छ ।

यस्तै, पेरिस पारा ओलम्पिक्स प्रतियोगितामा सहभागी भएर कास्य पदक विजेता काठमाडौंकी पलेशा गोवद्र्धन बनेकी थिइन् । उनलाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रदेशको उत्कृष्ट पारा खेलाडीको अवार्ड प्रदान गरेको छ । शिक्षणका लागि चिनमा भएर कार्यक्रममा उपस्थित हुन नसकेको उनको अवार्ड र ५० हजार रुपैयाँको नगद पुरस्कार उनको बुबा प्रदीप गोवद्र्धनलाई प्रदान गरिएको छ । पेरिस पारालिम्पिक्समा ४४ केजी तौल समूहतर्फ ५७ केजी भन्दा कम तौल समूहमा उनले कास्य पदक जीतेकी थिइन् । नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा कास्य पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बन्दै इतिहासको पानामा नाम लेखाउन सफल पहिलो महिला खेलाडी बनिन् ।

काठमाडौंका सदभाव आचार्यलाई प्रदेशको उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको छ । नेपालको १ नम्बर एमेच्योर गल्फर बनेका उनलाई अवार्डसँग ५० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ । उनले नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा पहिलो उपाधी जित्न सफल भएका थिए । तेक्वान्दो प्रशिक्षक मकवानपुरका कविराज नेगी लामालाई उत्कृष्ट तेक्वान्दो प्रशिक्षकको अवार्ड प्रदान गर्दै एक लाख रुपैयाँको नगद राशि प्रदान गरेको छ । पेरिस पारालिम्पक्समा पहिलो काँस्यपदक विजेता बनेकी पदेशा गोवद्र्धनलाई प्रशिक्षण दिएर नेपाललाई पहिलो पदक दिलाउन सफल भएको योग्दानको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । नेगीको प्रशिक्षणमा पारा तेक्वान्दोमा नेपालले ११ पदक प्राप्त गर्न सफल भएको थियो । उनको प्रशिक्षणमा नेपालले ३ स्वर्ण, ६ कास्य र २ रजत गरी पदक दिलाएको छ ।

‘बागमतीको सान अवार्ड’ ऐतिहासिक तेक्वान्दो खेलाडी नुवाकोट जिल्लाकी संगीना वैद्यले प्राप्त गरेकी छिन् । सन् २००४ को एथेन्स ओलम्पिकमा छनौट भएकी पहिलो खेलाडी नुवाकोटकी संगीनाले अवार्डसँगै एक लाख रुपैयाँको नगद राशी प्राप्त गरेका थिए ।
हङकङमा भएको एसियाली च्याम्पियनसीपमा उनले कास्य जितेकी थिइन् । साफ च्याम्पियनसीपको आठौं र नवौं संस्करणमा स्वर्ण उनले स्वर्ण पदक जितेकी थिइन् । दशौं संस्करणमा कास्य पदक जितेका थिइन् । उक्त खुशीमा नेपालको झण्डा सानसँग फरपराएकी थिइन् । खेलपछिको जीवनमा उनले प्रशिक्षण करियरलाई पनि सफल बनाएकी थिइन् ।

लाइफ टाइम एचिभमेन्ट स्पोर्टुस् अवार्ड काठमाडौका बैकुण्ठ मान्नधर र दोलखाका जीत बहादुर केशीलाई सम्मान गरिएको छ । उनीहरुलाई लाइफटाइम एचिभ्मेन्टबाट एक÷एक लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरियो । सागको पहिलो दोस्रो र तेस्रो संस्करणको म्याराथनमा काठमाडौं का मान्नधरले स्वर्ण पदक जित्न सफल भएका थिए । ३ पटक स्वर्ण पदक जित्न सफल भएका उनले नेपाल खेलकुद जगदमा सुनौलो युगमा सुरुवात गरेको थिए । सन् १९८७ मा ३ घण्टा १५ मिनेट ३ सेकेण्डको समय हालसम्म पनि कीर्तिमान रहेको छ । उनको यो ३८ वर्षको उमेर सम्म टुट्न नसकेको रेकर्ड हो । यस्तै, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने गौरवशाली धावक हुन् केसी । उनले नाङ्गो खुट्टाले नेपाली खेलकुदको इतिहासमा १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा म्याराथन दौडमा कांस्य पदक जिते ।

यस्तै, स्पोर्टस् अवार्डमा लोकप्रिय खेलाडीबाट ३ जनालाई सम्मान गरिएको छ । राष्ट्रिय फुटबल खेलाडी मकवानपुर आयुष घलान सहित , राष्ट्रिय भलिबल टिमकी खेलाडी काठमाडौंका सलिना श्रेष्ठ र राष्ट्रिय एथलेटिक्स खेलाडी धादिङकी सन्तोषी श्रेष्ठलाई लोकप्रिय खेलाडी अवार्डबाट ५० हजार रपैयाँको नगद पुरस्कार प्रदान गरिएको थियो ।

ललितपूर जिल्ला खेलकुद विकास समितिका उत्कृष्ट जिल्ला खेलकुद विकास समितिका अध्यक्षको अवार्डबाट ५० हजार रुपैयाँको नगद पुरस्कारसहित सम्मान गरेको छ भने उत्कृष्ट खेल पत्रकार अवार्डबाट काठमाडौंका वरिष्ठ पत्रकार श्याम चित्रकारलाई ५० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा तथा युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको अध्यक्षतमा अवार्ड वितरण कार्यक्रम भएको हो । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्का, सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, प्रदेश युवा परिषदका सदस्य सचिव दीपक लामाको आतिथ्य रहेको थियो ।