हिमालय टेलिभिजनबाट प्रशातिरत रयालिटी सो द भ्वाइस किड्सको पहिलो उपाधि जेनिश उप्रेतीले हात पारेका छन् ।

बागमती प्रदेशको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरका ११ वर्षिय जेनिश उप्रेतीले द भ्वाइस किड्सको पहिलो उपाधि जित्न सफल भएका हुन् ।

हिमालय टेलिभिजनले सुरु गरेको शोको शनिबार सम्पन्न फाइनल शोमा अन्तिम ८ जनामध्ये जेनिस सवैभन्दा बढी भोट गरेका जेनिसलाइ शनिबार राती १० बजेर १५ मिनेटको समयमा प्रत्यक्ष प्रसारणमार्फत विजेता घोषणा गरिएको होे ।

अघिल्लो सेमीफाइनलमा जेनिश सहित ८ जना फाईनलमा प्रवेश गरेका थिए ।

प्रमोद खरेलको टिमका सदस्य रहेका र सिजन वानमा उल्लेखिनीय प्रस्तुति दिदै आएर उपाधि हात पर्न सफल मकवानपुरे जेनिस उप्रेतीले नगद १५ लाख रुपैयाँसहित विभिन्न नगद तथा जिन्सी पुरस्कार प्राप्त गर्नेछन् ।

ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत ब्याटल राउण्डमा जेनिसले उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलकोे ‘यो कुरा गोप्य नैं राखौंला’ बोलको गीत सेमिफाईनल राउण्डमो आनन्द कार्कीकोे जनम जनम ज्युउला संगैं’ र फाइलमा स्वरसम्राट नारायण गोपालको ‘ एक्लै तिमी नआऊ म मातिएको बेला’ बोलको गित गाएका हुन् ।

वि.स. २०६७ सालमा हेटौंडा १९ बस्तिपुरमा जन्मिएका जेनिशले केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाले आमालाई संसारबाट खोसेर लग्यो । उनको बुवा खाडी मुलुकमा बैदेशिक रोजगारीमा छन् ।

सानै उमेरदेखि गितसंगीतमा अभिरुची राख्दै गीत गाउन शुरु गरेका११ बर्षका जेनिश काका रेमश उप्रेतीसंगै चितवनमा बसेर चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत रहेका छन् ।

४ बर्षको उमेरमा विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गरेका जेनिशले उपाधी उचालेकोमा उनका सर्मथकहरुमा खुसी छाएको छ।