युक्रेनमाथि हमला गरेपछि पश्चिमी शक्ति राष्ट्रहरुले एकतर्फी रुपमा रुसमाथि आर्थिक नाकाबन्दी गरेपछि भारतले रुससँगको व्यापार रुसी मुद्रा ‘रुबल’मा गर्ने विषयमा तयारी गरेको छ ।
यसअघि भारतले पनि रुससँग अमेरिकी मुद्रा डलरमा आर्थिक कारोबार गर्दै आइरहेको थियो ।आर्थिक नाकाबन्दीसँगै रुसी लगानी रहेका अन्तर्राष्ट्रिय बैंकमा प्रतिबन्ध, रुसी कम्पनी र रुसी खरबपतिको बैंक खाता सिज गरेपछि रुसमा डलरका सञ्चिति कम हुँदै गएको अवस्थामा भारतीय अधिकारीहरुको यस्तो प्रयासले रुस र भारत दुवैलाई फाइदा पुग्ने अलजजिराले उल्लेख गरेको छ ।
यस्तो कदमको शुरुवात भएपछि भारतले विश्वको सबैभन्दा ठूलो पेट्रोलियम र ग्यास भण्डार रहेको रुसबाट भारतले सस्तो दरमा पेट्रोल आयत गर्ने ढोका खुल्नेछ ।
विश्वमा उदीयमान अर्थतन्त्र रहेको भारतले रुबलेमा आर्थिक कारोबार गर्न सके उसको ऊर्जा सङ्कट समाधान हुनेछ ।
रुसमाथि आर्थिक नाकाबन्दीसँगै भारत र रुसबीच भारतीय रुपियाँ र रुसी रुबलबीच आर्थिक लेनदेन हुने बताइएको छ । भारतीय आयातकर्ताहरुले रुसमा खरिद गर्ने वस्तुको मूल्यसूची अनुसार भारतमा रहेका रुसी बैंकलाई तिर्ने र रुसी निर्यातकारहरुले सो स्वरुप रुबलमा तिर्ने बताइएको छ ।
भारतले रुसमा निर्यात गर्नेभन्दा रुसबाट ल्याउने वस्तु अत्यधिक हुने भएकाले रुसी बैंकमा भारतीय रुपियाको सञ्चिति बढ्ने भएको बताइए पनि सोको निराकरण गर्न भारतबाट रुसमा कलकारखानामा उत्पादित वस्तुलाई रुसमा पठाइनेछ । कृषि प्रविधि, औषधि, फर्निचर, सेनेटेरीवयेरलगायतका वस्तुहरु भारतले रुसमा पठाउन सकिने बताइएको छ । यस्तो भयो भने भारतीय उत्पादनले ठूलो बजार पाउनेछ ।
अब्जरभर रिचर्स फाउन्डेसनका विज्ञ नन्दन उन्नीक्रिसनन्ले भन्नुभयो, ‘रुसले तेल भारतमा दिएर कस्तो वस्तु लग्छ भन्ने विषयमा होसियार हुनुपर्छ ।’ भारतका मझौला र लघु उद्योगका निर्यातकर्ताहरुले रुसमै आ–आफ्ना संरचनाहरु स्थापित गर्नसकिने धारणा राख्नुहुँदै उहाँले भन्नुभयो, ‘रुससँग मझौला र लघु उद्योगबारे त्यति अनुभव छैन, त्यसैले हामीसँग व्यावहारिक रुपमा धेरै ज्ञान र अनुभव रहेकाले उनीहरुलाई सो बारे सिकाउन सकिन्छ ।’
भारतलाई आवश्यक पर्ने पेट्रोलमध्ये ८६ प्रतिशत पेट्रोल विभिन्न देशबाट आयात गर्दछ । मङ्गलबार भारतमा कच्चा तेल डलर १०९ प्रति ब्यारेलको दरले आयात गरेको थियो । गत महिना डलर १२८.२४ प्रति ब्यारेलको दरले तेल आयात गरेको थियो भने रुसले युक्रेनमाथि सैन्य हमला गर्नु एकदिन अघि डलर ९५.४७ प्रति ब्यारेल थियो ।यो समाचार गोरखापत्र बाट साभार गरिएके हो























प्रतिक्रिया दिनुहोस्