
हेटौंडा । नवसर्जक साहित्य चौतारी लुम्बिनी प्रदेश समितिले भर्चुअल माध्यमबाट पहिलो रचना वाचन एवम् विमर्श कार्यक्रमको आयोजना गरेको छ । आइतबार लुम्बिीनी प्रदेशको नवसर्जक साहित्य चौतारीले पहिलो मासिक शृङ्खलाअन्तर्गत भर्चुअल माध्यमबाट रचना वाचन एवम् विमर्श कार्यक्रमको आयोजना गरेको हो । प्रदेश समितिकी अध्यक्ष जोशिका कँडेल ’निशा’ को अध्यक्षतामा तथा प्रदेश संरक्षक डा. शालिकराम पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा १२ जना नवसर्जकले रचना वाचन गरेको थिए । उनीहरुले समसामयिक विषयवस्तुमा आधारित रचना वाचन गरेका थिए । लुम्बिनी प्रदेश समितिले २०७९ वैशाख ८ गते प्रदेश कार्यालय उद्घाटन र प्रथम लुम्बिनी प्रदेशस्तरीय बालसाहित्य उत्सव सम्पन्न गरिसकेको बताइएको छ । गत माघमा कार्यसमिति गठन गरेर पहिलो कार्यक्रमको आयोजना गरेको हो ।
केन्द्रीय समिति जस्तै प्रदेश समितिको आयोजनामा समेत नवसर्जकहरूकाबीच नियमित भेटघाट तथा लेखन÷पठन संस्कृति निर्माणमा टेवा पुर्याउने उद्देश्यले मासिक कार्यक्रम राखिएको बताइएको छ । आगामी दिनमा समेत श्रृंखलालाई निरन्तरता दिइने चौतारीकी लुम्बिनी प्रदेश अध्यक्ष कँडेलले बताइन् ।
प्रतिक्रिया दिनुहोस्