बि.एस.आर.मिडिया इन्टरटेनमेट, बि.एस.आर.स्टुडियो, बि.एस.आर.फिल्मस कम्पनीले तयार गरेकोे तडप २ नामक हिन्दि म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बृजेश.बी. एस.आरको मुख्य भुमिकामा प्रेम कथाको सेरेफेरोमा घुमेको र एक्सनको दृश्य समेत राखिएको तडप २ नामक हिन्दि म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बि.एस.आर. फिल्मस नामक अफिसियल आधिकारीका भारतिय युट्युव च्यानलमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

मुम्बईमा प्रोडक्सन हाउस समेत सञ्चालन गरिरहेका बिर्जेस अभिनय, लेखन,गायन,संगीत भर्न र अभिनय देखि प्राविधिक पाटोमा अब्बल व्यक्ती बिर्जेस बि.एस.आरको जोडदार अभिनयमा तयार गरिएको भिडियोमा जोडदार एक्सन– द्धन्दलाई पनि देखाईको छ ।

प्रेमीले पे्रमीका गुमाएपछि हुने तडपमा कथा घुमेको तडप २ नामक म्युजिक भिडियोमा बागमती प्रदेश हेटौँडाका संचारकर्मी रोशन दिपले एक्शन कोर्योग्राफी र डाइरेक्शन गरेका छन् ।

बिसेस गरि प्रेमको सेरोफेरो शब्द लेखन, गायन र अभिनय गर्दै आइरहेका बृजेश.बी. एस.आरको साथमा निहारीका शर्मा प्रेमिकाको भुमिकामा देखिएकी छिन् ।

साथमा दिपक र एक्सनसंगै संचारकर्मी रोशन दिप र धर्मराजको पनि अभिनय रहेको छ । त्यस्तै गरि प्रदिपराज,मुवारक अलि,प्रियङका प्रसादलाई पनि देख्न सकिन्छ ।

दिपलाई एक्शन कोर्योग्राफी र एक्शन डाइरेक्शनमा धर्मराज महतोले पनि सघाएका छन् ।

जितुराज पालको निर्देशन र छायांकन रहेको उक्त हिन्दि म्युजिक भिडियोमा गायक गोलु डीको स्वर शब्द सन्नी शर्माको रहेको छ भने, शब्द, किबोर्ड लय एल्बम मिश्रित बृजेश.बी. एस.आर, रमेश विश्वकर्माले निर्माण गरेका हुन् ।

अलि खान, साहिल खानको छायाँ चित्र राकेश मुंडाको सम्पानद भने मेकअपमेनमा तनविर रहेका छन् ।