प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालीबीच छुट्टाछुट्टै भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले पहिला नेकपा (एस)का अध्यक्ष नेपालसँग भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताउनुभयो। त्यसलगत्तै प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको थियो।

सत्ता गठबन्धनका नेतासँग समसामयिक राजनीतिक विषयमा यो नियमित भेटघाट भएको जनाइएको छ।अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट पारित भएपछि सत्ता गठबन्धनका नेतासँग प्रधानमन्त्री देउवाले छलफल गर्नुभएको हो।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो