रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नम्बर–१९ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।

बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरु मध्ये ४४ वटा सुचकहरु पुरा भइसकेको र बाँकी सुचकहरुले पनि क्रमशः राम्रै नतिजा पाएको १९ नम्बर वडाकि वडा सम्पर्क व्यक्ति मिना देवकोटाले जानकारी दिईन्।

वडाका बालअधिकारको क्षेत्रमा काम गर्दा भोग्नु परेको चुनौती र हासील भएका उपलब्धिको विषयमा वडाध्यक्ष नरनाथ सुवेदीले जानकारी दिए ।

बालअधिकार समिति, टोलविकास सस्था, युवा क्लब, आमा समूह, बालसमुह सन्जाल लगाएत विभिन्न सामुदायिक सँस्थाहरुले वडाको बालविवाह र बालश्रम जस्ता समस्याहरु न्युनिकरण गर्न विशेष पहल कदम चलाएको कुरा व्यक्त गर्दै पन्द्रसोला खेलमैदानमा यही शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको बताए ।