बागमती प्रदेश ट्राफिक कार्यलयको प्रदेश ट्राफिक प्रमुखको जिम्मेवारी एसपी सुसिलल सिंह राठौरले पाएका छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबार ३४ जना एसपीसरुवा गरेको हो भने सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् भने बागमती प्रदेश ट्राफिक कार्यलय चितवन रामनगरमा एसपी राठौरले जिम्मेवारी पाएका हुन् ।

महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरीमा रहेर नितिको पालना सहित काम कार्वाही गरेका एसपी राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि बागमती प्रदेश ट्राफिक जिम्मेवारी दिईएको हो ।

चितवन र मकवानपुरमा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा काम गरिसकेका एसपी राठौरले शान्ति सुरक्षा कायम गर्नु प्रहरीको मुख्य कर्तव्य हो भन्ने मान्यता राख्छन् ।

चितवनमा प्रहरी प्रमुखको रुपमा काम गरिसकेका राठौर 

कानुनी ऐन तथा नियमलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै जाने एसपी राठौरले लागूऔषध दुव्र्यसन, वैदेशिक रोजगारको नाममा हुने मानव बेचविखन, यौन हिंसा, महिला हिंसाको न्युनिकरणका लागि जोड दिएका थिए ।

उनले फरार रहेका अभियुक्तहरु पक्राउ गर्ने, अवैध ढुंगा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाउने, चोरी डकैती र देहव्यापार जस्ता कार्यमा संलग्न हुनेलाई नियन्त्रणमा लिन पनि सफल भएका थिए।

करिब ५ हजार शंकास्पद एवं अभियुक्तलाई पक्राउ गरि गहन अनुसन्धानले दोषी रहेका १ हजार २३ जनालाई कारवाही गराउँन सफल भएका थिए ।

जुवा ऐनअन्तर्गत १ सय ५३ जना जबरजस्ती करणीको अभियोगमा ४४ जना र गुण्डागर्दीमा संलग्न रहेको आरोपमा १ सय १७ जना पक्राउ परेका थिए ।

एसपी राठौरले चितवनलाई शान्ति पूर्ण बनाउन खटिदै चुनौतीपूर्ण काम गरेर १ वर्ष १५ दिनमा महानगरीय अपराध महाशाखा, काठमाडौँ सरुवा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर २०७६ साल पुषमा प्रहरी प्रमुख भुमिकामा 

प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले निकै सम्झन योग्य कार्य गरेका छन् ।

लागू औषध मकवानपुरनै ट्रान्जिट पोइन्ट भएका कारण मुक्त बनाउने अभियानका लागि मकवानपुरका जनप्रतिनिधिलाई समेत बोलाएर नयुनिकरणका लागि छलफल गरेको थिए ।

मकवानपुर जिल्लामा लागूऔषध गाँजा र अफिम खेती रोक्न देखि विभिन्न अपराधिक घटना न्युनिकरणमा गरिएको एक्सनमा उत्पादन स्थानमा गएर बिगाहा बिगाहा नष्ट समेत गर्न सफल भए ।

विभिन्न तरिकाले लागुऔषध ओसारपसार गर्नेहरुलाइ लागुऔषध ओसार्दै गरेको , यात्रु भाडाको जिम सुमो, ट्रक मोटरसाइकल,बिरामी बोक्ने प्राइभेट देखि सरकारी एम्बुलेन्समा लागुऔषध सहित तस्करहरु पक्राउ परेका थिए ।

हेटौंडा उपमहानगरपालिका–५ क्याम्पाडाँडाँमा हत्या गरिएको तेश्रो लिंगी अजिता भुजेले हत्याकाण्ड लाई सुक्ष्म अनुसन्धान गरि आरोपीहरु पक्राउ गर्नपनि सफल भएका थिए ।

त्यसतै गरि हेटौँडा ४घर कपिलवस्तु माइती भएकी सुष्मिता थापाको हत्या भएको घटनामा संलग्न आरापीहरुलाई सार्वजानिक गर्न पनि सफल भएका थिए ।

अपराध न्युनिकरणको प्रयास र अपराध गर्नेहरुलाई पक्राउ गर्न सक्षम राठौरले लागुऔषधमा फसेका स–साना भाइ बहिनीहरुलाई मोटिभेट गर्ने र सवारी चालकहरुलाई मादकपदार्थ सेवन नगरौँ नियमपुर्वक सवारी साधन चलाउँ भन्दै सडकमा समेत पुग्ने गरेका थिए ।