कार्यक्रमको उद्धाटानमा सहभागीहरु ।

हेटौंडा । बागमती प्रदेशको १० वटा जिल्लामा सीसीटिभी क्यामरा जडान गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटमा बागमतीको १० वटा जिल्लामा सीसीटिभी क्यामराको जडान गरिएको हो । मंगलबार एक कार्यक्रमको बीचमा कानून मन्त्री सुरजचन्द्र लामिछानेले १० वटै जिल्लाहरुका अन्तर प्रदेश सिमानाका राजमार्गहरुको ६४ स्थानमा जडान गरिएको सीसीटिभी क्यमराको उद्घाटन गरेका छन् ।

६ वटा एएनपीआर सहित प्रदेशको विभिन्न स्थानमा १ सय २० वटा क्यामरा जडान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । करिब १ सय ३० जनाको सहभागितामा मंगलबारबाट निगरानी गर्न मिल्नेगरी सञ्चालनमा ल्याएको क्यामरा मार्फत बागमतीको संवेदनशील स्थानहरुमा विशेष ढंगबाट निगरानी गर्न सकिने बताइएको छ । उद्घाटन कार्यक्रमम विभिन्न क्षेत्रमा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी