पत्रकार सम्मेलनमार्फत स्पोर्ट अवार्ड कार्यक्रमको बारेमा जानकारी गराउँदै ।

हेटौंडा । बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा हेटौंडा पहिलो स्पोर्ट अवार्ड कार्यक्रम हुने भएको छ । प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्नका लागि आइतबार हेटौंडा–४,स्थित हुप्रचौरमा बागमती प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिटको आयोजना गर्न लागेको जानकारी हो । बिहिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक समितिले बागमती प्रदेश स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट महिला ÷ पुरुष खेलाडी, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकार गरी ८ वटा विधामा १२ जनालाई छनोट गरेर अवार्ड प्रदान गर्न लागेको जानकारी गराइएको छ ।

प्रदेश स्पोर्ट अवार्डमा उत्कृष्ट महिला ÷ पुरुष, लाइभ टाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ तथा अन्य विधालाई जनही ५० हजार रुपैयाँ प्रदान बताइएको छ । प्रदेशको युव तथा खेलकुद मन्त्रालयले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका पूर्व र वर्तमान खेलाडीले प्रदेश र देशको सम्मान बढाउन दिएको महत्वपूर्ण योगदानको कदर गर्दै नयाँ पुस्तालाई खेलकुदमा आवद्ध गराउनका लागि अवार्डको आयोजना गर्न लागिएको बताइएको छ ।