हेटौंडा । बागमती प्रदेश क्रिकेट संघको आयोजनामा जारी बागमती प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता अन्तर्गत मकवानपुरले दोस्रो जीत निकालेको छ । शुक्रबार काठमाडौंको तल्लो मूलपानी क्रिकेट रंगशालामा भएको भएको समूह चरणको दोस्रो खेलमा मकवानपुरले भक्तपूरलाई ६ विकेटले हराएको छ । टस जितेर पहिले व्याटिङ गरेको भक्तपूरले निर्धारित ३५ ओभरमा १ सय ५० रन बनाउँदै अल आउट हुन पुगेको थियो । भक्तपूरका लागि इन्जाममउल हकले ४० बलमा ३० रन, राजदीप आचार्यले ५६ बलमा २५ रन र कृष्ण मालासीले २३ बलमा २२ रन बनाएका थिए । मकवानपुरका रोहित ठाकुर र जमाल रेनले समान २÷२ विकेट लिएका थिए । आवारत भटट्राइले १ विकेट मात्र लिएका थिए ।
जवाफी व्याटिङ गरेको मकवानपुरका लागि शिवशक्ति महतोले अर्धशतक प्रहार गरेका थिए । शिवशक्ति महतोले ७९ बलमा सर्वाधिक ५९ रन बनाउँदै अर्धशतक प्रहार गरेका हुन् । मोहमद गुलामले ५३ बलमा ३५ रन र मोहम्मद गुलामले ४४ बलमा १८ रन बनाएका हुन् । भक्तपूरका रोविन भट्टले र नितेश कुमार गुप्ताले समान १÷१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच मकवानपुरका शिवशक्ति महतो घोषित भएका छन् ।
म्यान अफ द मयाच घोषित भएका मकवानपुरका शिवशक्ति महतो ।

यस अघि बिहिबार भएको पहिलो खेलमा मकवानपुरले घरेलुटोली काठमाडौंलाई ४० रनले पराजित गरेको थियो । समूह चरणको तेस्रो खेलमा मकवानपुरले ललितपूरको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने समूह चरणको चौंथो अन्तिम खेलमा नुवाकोटको सामना गर्नुपर्नेछ ।


















प्रतिक्रिया दिनुहोस्