रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं २ स्थित संगमचोकमा दिप प्रज्वलन गरिएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर सहिदहरुको सम्झनामा समाजको हितका लागी केहि गर्ने मोह भएका हेटौडेली युवा समूले मङगलबार दिप प्रज्वलन गरेका हुन् ।

समाजका लागि सेवा गर्ने मोह भएका हेटौडाका युवा प्रिन्स पाठकको नेतृत्वमा युवाहरुको एक समूहले दिप प्रज्वलन गरेको हो ।

१०४ वर्षे निरङ्कुश जहानियाँ राणा शासन विरुद्ध आवाज उठाएर प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि, देश र जनताको हक, हित तथा अधिकारका लागि आफ्नो जीवनको आहुती दिएका ज्ञात अज्ञात वीर सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको पाठकले बताए।

आफुलाई “नेपाल युथ” भन्न रुचाउने यी युवा समूहले बिना कुनै प्रचार विपन्न वर्ग समुहका मानिसहरुलाई जाडो याममा शरिर ढाक्नको लागी लत्ताकपडा वितरण गर्ने देखी लिएर गोप्य रुपमा अन्य थुप्रै सेवाहरु गर्दै आइरहेका छन् ।

हेटौडा उपमहानगरपालिकाका प्रिन्स पाठक, आशिष बुडाथोकि, आशिष केसि, अमर प्रधान, मेलिना सिङतान, दिपक मगर, सुदिप लामा, संगिता रसाइली, सरला बिक, मनिषा बद्रचार्य, आशिष गिरि, लगाएत युवा तथा स्थिानियहरुको पनि बाक्लो उपस्थितीमा  दिप प्रज्वलन गरिएको हो।