
हेटौंडा । मकवानपुर प्रहरीले लागूओषध गाँजासहित हेटौंडाबाट ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा–२ का पूजा श्रेष्ठको घरमा लागूऔषध सेवन तथा कारोवार गरिरहेको छ भन्ने खबर प्राप्त हुन साथ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले लागूऔषध खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको हो ।
सोमबार पत्रकार सम्मेलन मार्फत गत जेठ ३१ गते मंगलबार पूजा श्रेष्ठको कोठाभित्र शंकास्पद रुपमा बसरिरहेको अवस्थामा पूजा श्रेष्ठलाई, हेटौंडा–१ का २० वर्षीय रिकेश तन्दुकार र २४ वर्षीय ऋतिक भन्निे राजिव तन्दुकारलाई फेला पारेर कोठाको खान तलास गर्ने क्रममा १ ग्राम ३४० मिलि ग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको प्रहरीले जानकारी दिएको छ । लागूऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनु्मति लिएर प्रहरीले हिरासदमै राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्