Rato Samachar
Sat, 12 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

पाटापुरलाई जलवायु अनुकूलताको नमूना गाउँ बनाईँदै

जिल्लाको रोङ गाउँपालिकालाई जलवायु अनुकूलताको नमूना गाउँ बनाउन काम सुरुआत गरिएको छ । विशेष गरी रोङ–६ को पाटापुरलाई नमूना गाउँ बनाउन विदेशी संस्थासँग सम्झौता भई काम थालनी गरिएको हो । एक वर्षसम्म सञ्चालन हुने सो कार्यक्रमअनुसार स्थानीयवासीसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने छ । सम्झौताको कार्ययोजनाअनुसार जलवायु अनुकूलन गाउँ निमार्ण गर्न कृषक समूह गठन र दर्ता गर्ने तथा क्षमता अभिवृद्धिका लागि विभिन्न प्रविधि हस्तान्तरण गरिने छ । त्यस्तै कृषिमा यान्त्रिकीकरण र उत्पादनमा वृद्धि, सिँचाइ सुविधा, बजारीकरण, स्थानीयस्तरमा खानेपानी स्रोतको संरक्षण गुणस्तर मापन तथा सचेतना अभिवृद्धि सुधारिएको चुल्हो प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले बताउनुभयो । उहाँका अनुसार एक वर्षका लागि सञ्चालिन हुन लागेको परियोजना कार्यप्रगतिका आधारमा योजना विस्तार र थप गर्न सकिने भएको छ । रोङ–६ मा अवस्थित पाटापुर छिमेकी देश भारत र छिमेकी जिल्ला झापासँग जोडिएको एउटा विकट र पछाडि परेको गाउँका रुपमा लिइएको छ । जलवायु परिवर्तनका कारण विश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलवायुको अनुकूलताको अवस्थामा स्थानीय नागरिकको आर्थिक र सामाजिक अवस्था सुधार गर्न कार्यक्रम अगाडि बढाएको हो । जसका लागि नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी)को समन्यवयमा क्यानडाको भारतीय उच्च आयोग स्थानीय विकास कोषको सहयोगमा कार्यक्रम अगाडि सञ्चालन हुने छ । चालु आर्थिक वर्षमा वैदेशिक सहयोगमा कार्यक्रम सञ्चालन गर्न ५० हजार डलर खर्च गर्ने गरी गाउँपालिका र केन्द्रसगँ सम्झौता भएको हो । यस गाउँलाई नमूनाका रूपमा कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रम पूर्णरूपमा सफल भए अन्य गाउँहरूमा समेत सो कार्यक्रम विस्तार हुने जनाइएको छ । कार्यक्रम सञ्चालनपछि जलवायु परिवर्तनलाई न्यूनीकरण हुने गरी विभिन्न कार्यक्रम सञ्चालन हुने छन् । यसले स्थानीयलाई समेत प्रत्यक्ष फाइदा मिल्ने बताइएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology