हेटौँडामा नेकपा विप्लब सहितका पार्टीहरुले फाल्गुन ४ गते बुधबार नेपाल बन्दको घोषण गर्दै आज साझं मसाल जुलुस गरेका छन् ।

राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि सरकार नेतृत्व देउवा सरकारले संसदमा टेबल गर्ने तयारी गरेको भन्दै खारेजीका लागि भन्दै नेपाल बन्दको घोषण सहित आज हेटौँडामा मसाल जुलुस गरेका हुन् ।

हेटौंडा उपमहानगर परिक्रमा गर्दै मसाल जुलुस गरिएको र भोलिको बन्द सफल पार्नका लगि जुलुस गरिएको विप्लब पार्टीले जनाएको छ ।
नेपाल बन्दको घोषणा गर्नेमा ‘विप्लव’ नेतृत्वमा बिभिन्न दलहरु रहेका छन् ।

बन्दको आव्हानमा संयुक्त हस्ताक्षर सहितको विज्ञप्ती जारी गर्दै बिभिन्न कार्यक्रम गर्ने जनाएका छन् ।