नेपाल चिकित्सक संघ मकवानपुरको अध्यक्षमा डा. हरि बहादुर खड्का चयन भएका छन् ।
गएको पुस १ गते सम्पन्न जिल्ला अधिवेशनमा डा. खड्का सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् ।
हेटौंडा अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. खड्का यसअघि पनि समितिको अध्यक्ष हुन् भने यस पटक पनि नेतृत्वमा आएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा डा. रामचन्द्र सापकोटा, सचिवमा डा. राजु सेढाइ, कोषाध्यक्षमा डा. प्रतिमा खड्का, सहसचिवमा डा. मधु सिग्देल, सहकोषाध्यक्षमा डा. आयुष पौडेलचयन भएका छन्।

त्यस्तैगरि संघको सदस्यहरुमा डा. प्रशान्त बिडारी, डा. सामिनी चौधरी, डा. सुनिल साह, डा. मोहम्मद आरिफ करिम र डा. रामचन्द्र न्यौपाने सर्वसम्मत चयन भएका हुन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा निर्वाचित पदाअधिकारीलाई बुधाबार एक कार्यक्रमका विच सपथग्रहण सम्पन्न भएको छ ।
सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उपकुलपति ज्ञवालीले चिकित्सक संघको तर्फबाट सामाजिक रुपमा काम गर्नुपर्ने बताएका छन्।

विशेषगरि काम गर्दै गर्दा सर्वसाधारणसँग नजिक रहनुपर्ने र अस्पतालमा चिकित्सकको भूमिका र महत्व बढ्दै गएको बताए । नवनिर्वाचित अध्यक्ष डा. खड्काले जनमानसकै काम गर्दै गर्र्दा चिकित्सकमाथि भौतिक आक्रमण धाक धम्की आउनु निन्दनीय भएको बताए ।

कामकै कर्मममा जानाजान गल्ती गर्नेले सजाय पाउने यसका लागि कानूनी तरिकाले अघि बढ्नुपर्नेमा कुनै अबरोध नहुने डा. खड्काले बताए ।

निर्वाचित भएर पाएको जिम्मेवारीमा काम कर्तव्यमा रहेर काम गर्ने उल्लेख गरे ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भिमसागर गुरागाँई अस्पतालका निर्देशडा. रामचन्द्र सापकोटा स्वास्थ्कर्मी लगाएतको आतिथ्यता रहेको थियो ।