बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालीकामा मत गणना जारी छ।

भरतपुर महानगरको नेतृत्व लिएर हाँक्नका लागि रेनु दाहाल अघि सरेकी छन् ।

गठबन्धनबाट माओवादी केन्द्रको रेनु दाहालको सम्भावाना बलियो भएको सर्मथकहरुको धारना छ ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनाएर अघि सारेपछि एमाले तर्फको विजय सुवेदी, भुइकटहर चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल विच महासंग्रामको संकेत देखियो ।

सम्पन्न निर्वाचनको महानगरमा मतगणना हुदै गर्दा राती १० बजेर ३२ मिनेट सम्म ८३,१११ मत गन्दाको नतिजा अनुसार रेनु दाहाल ६,९३९ मतले अग्रता लिएकी छन् ।

जति मत गन्यो उति माओवादी केन्द्रकी दाहाल लोकप्रिय मतान्तरले अगाडि बढीकी हुन् ।

दाहालले ३२,५१९ मत पाएकी छन् ।

नेकपा एमालेका बिजय सुबेदीले २५,५८० मत पाएका छन् ।

भुइकटर चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ११,२९६ मत प्राप्त छ ।

मेयर पदको घमासान परेको भरतपुरमहानगर धेरै जसोको चासो बनेको छ ।
निर्वाचनको मत गणना हुँदैै गर्दा रेनु झन झन पपुलर हुदैछिन् ।
मतान्तरको अनुसार मेयर दाहाल र उपमेयर अधिकारीनै बन्न सक्ने सम्भावाना देखिएको छ ।
त्यस्तैगरि उपमेमयरमा गठबन्धनबाट उम्मेदवारबनेका नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३४,९३४ मत पाएका छन् । अधिकारी १४,९०३ मतले अग्रतामा छन् ।
त्यस्तै गरि राप्रपा तर्फको हिमला गुरुङ्गले २०,०३१ मत पाएकी छन् ।
मत गणना जारी छ ।