बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालीकामा मत गणना जारी छ।
भरतपुर महानगरको फेरीपनि नेतृत्व लिएर हाँक्नकालागि रेनु दाहाल अघि सरेकी छन् ।
गठबन्धनबाट माओवादी केन्द्रको रेनु दाहाललाई मेयरको उम्मेदवार बनाएर अघि सारेपछि एमाले तर्फको विजय सुवेदी, भुइकटहर चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल प्रतिद्धन्दि हुन् ।सम्पन्न निर्वाचनको महानगरमा मतगणना हुदै गर्दा ८ बजेर ११ मिेट सम्म ८१,९०१ मत गन्दा को नतिजा अनुसार रेनु दाहाल ६,६६६ मतले अग्रता लिएकी छन् ।
माओवादी केन्द्रकी दाहाल लोकप्रिय मतान्तरले अगाडि बढीकी हुन् ।
उनले पछिल्लो समयको जानकारी अनुसार ३१,६७६ मत पाएकी छन् ।
नेकपा एमालेका बिजय सुबेदीले २५०१० मत पाएका छन् ।
भुइकटर चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ११,०९६ मत प्राप्त छ ।
मेयर पदको घमासान परेको भरतपुरमहानगर धेरै जसोको चासो बनेको छ ।
निर्वाचनको मत गणना हुँदैै गर्दा रेनु झन झन पपुलर हुदैछिन् ।
त्यस्तैगरि उपमेमयरमा गठबन्धनबाट उम्मेदवारबनेका नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३४,०८६ मत पाएका छन् । अधिकारी १४,५९१ मतले अग्रतामा छन् ।
त्यस्तै गरि राप्रपा तर्फको हिमला गुरुङ्गले १९,४९५ मत पाएकी छन् ।
मत गणना जारी छ ।














प्रतिक्रिया दिनुहोस्