हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमलाई पीतृशोक परेको छ । नगर खेलकुद सदस्य, मकवानपुर जिल्ला घरजग्गा व्यवसायी संघका सचिव तथा माओवादी नगर कमिटीका सदस्य समेत रहेका हेटौंडा–७ का निवासी गौतमका बुबा रामचन्द्र गौतमको शुक्रबार ८१ वर्षको उमेरमा निधन भएर उनलाई पीतृशोक परेको हो ।
शुक्रबार दिउँसो १२ बजे उनका बुबा रामचन्द्र गौतमको हेटौंडा–१०,स्थित राप्तीटथमा अन्त्यष्टी गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्