महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा नक्कली नोटको कारोबारको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हाल काठमाडौं नयाँबजार बस्दै आएका मधेश प्रदेशको रौतहट गौर नगरपालिका वडा नम्बर १२ घर भएका २८बर्षका पृथ्वी प्रसाद साह .वडा नम्बर ९घर भएका २८ बर्षका महमद शम्साद आलम रौतहटको राजपुर नगरपालिका वडा नम्बर.३ घर भएका २७ बर्षे मोहम्मद मुसरफ अली र वडा नम्बर ६ घरभएका ३० बर्षका असरफ अली रहेका छन् ।

उनिहरुलाई काठमाडौं–१६, नयाँबजारबाट २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद गरेको अपराध महासाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताए । ।

प्रवक्ता  कोइरालाले बताए अनुसार – नेपाली नक्कली नोटको नक्कली नोटको कारोबारको बिगबिगी भयो भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष प्रहरी टोलीले उक्त स्थानबाट

(झ/७३ – ६३६७०३ नम्बरको नक्कली नेपाली नोट थान ५५)   (झ/८३ – ६१३६७५ नम्बरको नक्कली नेपाली नोट थान ५४)
(झ/७३ – ६३६७०२ नम्बरको नक्कली नेपाली नोट थान ४९ ) (झ/३६ – ५३०६६० नम्बरको नक्कली नेपाली नोट थान ४३)
(झ/१६ – ७६१४४४ नम्बरको नक्कली नेपाली नोट थान ४३)  (झ/७६ – ५५२४५१ नम्बरको नक्कली नेपाली नोट थान ४३)
(झ/६४ – ५५३६२२ नम्बरको नक्कली नेपाली नोट थान ४) (झ/६४ – ५५३६८८ नम्बरको नक्कली नेपाली नोट थान १)
(छ/६४ – ५५३६८७ नम्बरको नक्कली नेपाली नोट थान १) (छ/६४ – ५५३६९२ नम्बरको नक्कली नेपाली नोट थान १)

१ हजारका २ सय ९४ थान नोट बरामद गरेको हो ।

उनिहरुलाई नोट सिहत पक्राउ गरि  थप अनुसन्धान भई रहेको छ ।