नेपाली उत्पादनहरूको अनलाइन बजार द ब्रान्ड नेपालले विन्टर संस्करण ल्याउने भएको छ। स्थानीय ब्रान्डहरूलाई प्रवर्द्धन गर्ने उदेश्यले द ब्रान्ड नेपालले विन्टर संस्करण ल्याउन लागेको हो।
कार्निवल डिसेम्बर १७ मा होटल अन्नपूर्णमा हुँदै छ। बिहान ११ बजेदेखि सुरु भएर vबेलुका ६ बजे समापन हुनेछ।
कार्यक्रममा ७० भन्दा बढी नेपाली ब्राण्डका स्टल रहने छन्। जसमा नेपाली ब्राण्डका विभिन्न किसिमका खाद्यवस्तु, एसेसरिज, कपडा, हस्तकलाका उत्पादन लगायतका उत्पादनहरु प्रदर्शन हुने छ।
नेपाली ब्रान्डहरुमा आमो, अक्सा नेपाल, जुजु वियर्स, देशना नेपाल, नेपाल कफी कम्पनी, युक्त अटायर, बाउचा क्राफ्ट्स, डिगो नेपाल, चिम्स ब्यूटी, अल्पाइन क्रिष्टल्स, स्टाइल फाइब्रो, मियर ज्वेलरी, द कमिक क्याफे, चाइचाई कन्फेक्शनरी, निका नेपाल र माकुसे सहभागी हुने छन्।
ब्रान्ड नेपालले सबै नेपाली उत्पादन र सेवाहरूको लागि व्यावसायिक अनलाइन बजार प्रदान गर्दछ। यसले सबै नेपाली ब्रान्ड र सेवाहरूका लागि एकै ठाउँमा मञ्च बन्ने लक्ष्य राखेको छ।
२०१८ मा पहिलो पटक रेडियो नागरिक द्वारा ल्याइएको, ब्रान्ड नेपालले विभिन्न नेपाली ब्रान्डहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय रूपमा चिनाइरहेको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्