रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा दशौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गते देखी २६ गते सम्म हुने भएको छ ।

हेटौडा – ४ स्थित हुप्राचौर खेलमैदानमा आयोजना हुने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच देशैभरका १६ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

मकवानपुरमा खेल क्षेत्र र पर्यटन क्षेत्रको विकास पूर्याउनुका साथै भेट्रान्स खेलाडीहरूको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले बताए ।

मुख्य सहयोग हेटौडा स्कुल म्यानेजमेन्टको रहेको भन्दै विभिन्न वडा, पालिका, संघ संस्था, खेल प्रेमीहरुको साथ सहयोग रहने जानकारी गराए । प्रतियोगितामा करिव १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रथम हुने समूहले एक लाख ५० हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

त्यसैगरि सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई ५ हजार दिइनेछ भने म्यान अफ द हुने खेलाडीलाई १० हजार दिइनेछ।