हेटौंडा । नेपाल आयल निगम थानकोट डिपोका नाममा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट अवैध रूपमा पेट्रोल झिक्ने कार्यमा संलग्न चार जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुर प्रहरीका अनुसार असोज १६ गते साँझ करिब ४:३० बजे, अम्लेखगंजबाट थानकोटतर्फ जाँदै गरेको ना.४.ख ९३७७ नम्बरको ट्याङ्करबाट पेट्रोल झिक्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रा.लि.मा छापा मार्दा ट्याङ्कर चालकसहित पम्पमा कार्यरत तीन जना गरी चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूले निगमको पेट्रोल अवैध रूपमा झिकेर बिक्री गर्ने प्रयास गरिरहेका थिए। अहिले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


































प्रतिक्रिया दिनुहोस्