हेटौँडामा तेस्रो लिङ्गीको हत्यामा संलग्न रहेको आरोपीहरुलाई जिल्ला अदालत मकवानपुरले कैदको फैसला गरेको छ ।

संलग्नहरुलाई कैद फैसला र मृतकको परिवारलाई आरोपितहरुबाट क्षतिपूर्ति भराउने समेत फैसला भएको जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार डिल्लीरत्न श्रेष्ठले बताए ।

हत्यामा संलग्नको आरोपी शुसील थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तब्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपुर्ति भराउने फैसला भएको छ ।

हत्यामा संलग्न आरोपी नाबालकलाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति, अर्को आरोपित सिमोन परियारलाई बलात्कार र हत्या तर्फ ४ वर्ष कैद, डाका तर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसाला भएको हो ।

तेस्रो लिङ्गीको मोवाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहात कोषबाट क्षतिपूर्ति भराउने समेत फैसला भएको हो ।

घटना
२०७६ साल माघ ४ गते विहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी थिइन् ।

मृत भेटिएकीे तेस्रोलिंगीको शव विभत्स अवस्थामा फेला परेको घटनाको अनुसन्धानमा उक्त समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रमुखको नेतृत्व गदै सुसील सिंह राठौरले प्रहरीले अपराध गर्नेहरुलाई पक्राउ गरिछाड्ने भन्दै अठोट र मकवानपुर प्रहरीको निकै महत्वपुर्ण भुमिका रहयो ।

अपराध महाशाखा काठमाडौंबाट सरुवा भई मकवानपुर आएपछि सधैव फरक तरिकाले काम गर्ने र अपराधलाई न्यूनिकरण कै विषयलाई महत्व दिने गरेको बताएका राठौरले अपराधिक घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन आवाश्यक एक्सन लिने आश्वासान दिएका थिए ।

घटना रहस्यमय रहेकाले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल लगिएको थियो भने पोस्टमार्टममा घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको आधारमा राठौर नेतृत्वमा प्रहरीले अनुसन्धानको प्रक्रियालाई अझै गहन बनाएको थियोे ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरदेखि सम्पुर्ण प्रविधिको उपकरणहरुको प्रयोग सहित अनुसन्धानका क्रममा आरोपमा १८ दिनपछि पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्यो ।

पक्राउ पर्नेमा हेटौंडा–११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगर थिए।

अनुसन्धामा करिब २ सय ५० व्यक्तिसँग प्रहरीले सोधपुछ पनि गरेको थियो भने पक्राउ परेका आरोपीहरुलाई सावजनिक गर्दै पाँच जना मिलेर हत्यागरि हेटौंडा–५ क्याम्पाडाँडामा लगेर फालेको प्रहरीले जानकारी गराएको थियो ।

हत्याको आरोपीहरु मोबाइल फोनबाट परेका थिए प्रहरीको फन्दामा

महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरीले सुक्ष्म रुपमा अनुसन्धानमा थियोनै मृतकले प्रयोग गरेको ओपो मोबाइलमा सीमकार्ड हालेर प्रयोग गर्न साथ टेक्निकल टिमले सोही आधारमा एक युवतीलाई प्रहरीले फेला पार्यो । मोबाइलमा सीम हालेर चलाउने एलिशालाई हटौडा–११ बाट पक्राउ गर्न प्रहरी सफल भयो ।
उक्त मोबाइल आफ्नो प्रेमी आशीषले दिएको प्रहरीलाई बयान दिइन् भने त्यसकै आधारमा एलिशामार्फत नै अन्य ४ जनालाई पक्राउ गर्न प्रहरी सफल भयो ।

 

Hetaudaतेस्रो लिङ्गी-हत्याको आरोपी जेल। यौनले निम्तिएको अपराध-क्षतिपूर्ति भराउन पिडकलाई अदालतकोआदेश।