कोभिड–१९ महामारीले पर्यटन क्षेत्र ठप्प हुँदा आर्थिक चपेटामा परेका पर्यटन मजदुर तथा पर्वतारोहीलाई नेपाल पर्वतारोहण संघले राहत रकम वितरण गरेको छ । निपोन फाउण्डेशन जापानको सहयोगमा संघले उक्त राहत पर्यटन मजदुरहरुलाई वितरण गरेको संघका अध्यक्ष शन्तवीर लामाले जानकारी दिनुभयो ।

प्रभावित बनेको पर्यटन क्षेत्र अझै पनि पुरानो अवस्थामा फर्किन सकेको छैन । पर्यटन मजदुरहरु पेशाबाट प्रभावित बनेका कारण आर्थिक अवस्था कमजाेर रहेकाहरु मध्येबाट तीन हजार जना पर्वतारोही पर्यटन मजदुरलाई नेपाल पर्वतारोहण संघले राहत रकम वितरण गरेको छ ।

संस्थाबाट रातो बुक लिएका तीन हजार जना पर्वतारोही पर्यटन मजदुरलाई नेपाल पर्वतारोहण संघले ५० किलोग्राम चामल, पाँच किलोग्राम दाल, दुई किलोग्राम नून, दुई लिटर तेल वितरण गरेको छ । पहिलो चरणमा एक हजार छ सय जनालाई वितरण गर्ने लक्ष्यसँगै सोमबार ४९० जनाले राहत रकम लिएका छन् भने बाँकी वितरण निरन्तर रहेको संघले जनाएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो