
रोशन दिप- हेटौंडा । प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्, हेटौडा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, सानोठिमी भक्तपुरबीच सम्झौत भएको छ । शनिबार एक कार्यक्रमबीच भक्तपूर जिल्लामा सीपमूलक तालिम सम्पन्न भएपछि प्रमाणपत्र प्राप्त गरेको परीक्षार्थीका सीप परीक्षण गर्नका लागि सम्झौत भएको हो । सम्झौताको मार्फत तालिम लिएकाहरुलाई सीप सकाएर रोजगार बनाउन सकिने बताइएको छ । आउँदो दिनहरुमा पनि यस्ता प्रकारका सम्झौताले तालिममा ठूलो प्रभावकारिता प्रदान गर्नेछ ।
राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक भुवनेश्वर ढुङ्गाना र उपनिर्देशक केशव घिमिरे ,परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामा र कार्यालय प्रमुख देवनारायण चौधरीको सहभागिता सम्झौता कार्यक्रममा सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्