हेटौंडा उपमहानगर -११,  स्थित चुरेहिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. शुशिल शाह माथी आक्रमण गर्नेलाई कार्वाहीको माग भन्दै नेपाल चिकित्सक संघ मकवानपुर शाखाले विज्ञप्ती जारी गरेको छ ।

गएको १९ गते बुधवार साँझ ७ बजे अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा। शाह माथी भएको सांघातिक आक्रमण प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञीतीमा उल्लेख छ ।
विज्ञपतीमा उल्लेख गरिए अनुसार डा। शाह ड्यूटीमा रही विरामीको उपचार र परामर्शको क्रममा हातपात गरेको कुरा बाहिरिएपछि सि।सि। टि।भी। फुटेजमा पनि प्रष्ट रुपमा देखिएकाले दोषीलाई कार्वाही माग गरिएको उल्लेख छ ।

हातपात गर्ने व्यक्तिलाई तुरुन्त कानुनी दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संसोधन २०७९० वमोजिम आवश्यक कारवाही प्रक्रिया तत्काल अगाडी बढाउन माग गरिएको हो ।
दोषि माथि सिघ्र र ठोस कारवाही नभएमा संघ बाध्य भएर आन्दोलनका कठोर कार्यक्रम घोषणा गर्ने र उक्त आन्दोलनबाट सर्व साधारणमा पर्ने जाने असरको जिम्मेवारी सम्बन्धीत निकाय हुने भनिएको छ ।