Rato Samachar
Tue, 22 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

टरिगाउँ एयरपोर्टमा फ्लाइट घटाइयो

दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाईएको छ । अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ । नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ । यसअघि दैनिक हवाई सेवा थियो । “जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन सेवा दिने गरेका थियौँ, त्यपछि प्रत्येक दिन पनि भएको थियो, तर, अहिले घटाउनु पर्ने अवस्था आएको छ ।” असारको दोस्रो सातादेखि नियमित हप्तामा तीन मात्रै सेवा दिन थालिएको भन्दै अब साउन अन्तिमतिर दैनिक फ्लाइट भर्ने तयारी रहेकोसमेत उहाँको भनाइ छ । अहिले हप्तामा तीन दिन फ्लाइट भए पनि यात्रुको त्यति चाप नभएको उहाँले बताए । सरदर १०÷१२ यात्रु आवतजावत गर्ने गरेका छन् । अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा रु आठ हजार आठ सय १० छन्, भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत रु पाँच सय रहेको, दाङमा रु तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा रु दुई सय बढी लाग्ने गर्छ । अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ । ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ । अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ । त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ । ‘ल्याब रिपोर्ट’को पर्खाइ एयरपोर्टमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोमा इन्धन भण्डारण लागि ट्याङ्की पनि आइसकेको छ, भने अन्य आवश्यक भवन, सेट, कम्पाउन्ड, डिपोबाट एयरपोर्टसम्म पुग्ने सडक निर्माण भइसकेको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख विपिनकुमार श्रेष्ठले बताउनुभयो, “डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “अब केही समयमा सञ्चालनमा आउछ ।” डिपो सञ्चालनका लागि अहिले बायो परीक्षणका लागि भारत पठाइएको छ । त्यो रिपोर्ट आएपछि निगमको केन्द्रीय कार्यालयले समिति निर्माण गरेर सञ्चालनमा ल्याउने छ । करिब रु पाँच लाखको लागतमा उक्त डिपो निर्माण गरिएको हो । डिपोमा रहेको ट्याङ्कीमा इन्धन पनि ल्याइसकिएको छ । ३० हजार लिटर क्षमता भएको उक्त इन्धन डिपोमा अहिले २० हजार लिटर इन्धन ल्याइएको छ । ट्याङ्कीमा ३० हजार र बाउजरमा ११ हजार लिटर भण्डारण गर्न सकिने प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भारतको लखनउबाट नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट दाङमा इन्धन ल्याईनेछ । इन्धन डिपो आएपछि भाडामा त्यतिधेरै तलमाथि नभए पनि सहज हुने बायु सेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार काठमाडौँबाट १२ जना मात्रै आउने गरेका छन्, बाँकी सिटमा इन्धन बोकेर ल्याउनुपर्छ तर, यही इन्धन भर्न सकेमा सबै सिटमा यात्रु आउनेछन् । दाङबाट पनि अहिले सबै सिटमा पठाउन सकिएको अवस्था छैन । इन्धन डिपो सञ्चालनमा आएमा सबै सिटमा राखेर पठाउन सकिने उहाँले बताउनुभयो । विसं २०११ मा उक्त एयरपोर्ट सञ्चालनमा आएको हो तर, बीच–बीचमा हवाई सेवा अनियमित हुने गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology