रोशन दिप – मकवापुरको पुर्वी भेगमा रहेको बागमती गाँउपालिका स्थित झुर झुरे क्षेत्रमा फेब्रवरी ५ अर्थात माघ २३ गते बुधबार सरसफाइ कार्यक्रम गरिएको छ ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हेटौडाले ८,५६७ औँ विश्वब्यापी वातावरण सर सफाइ अभियान अन्तगर्त झुरझुरे बजारको क्षेत्रको एक किलोमिटर वरपर करिब २०० जनाको सहभागीतामा बृहत वातावरण सर साफाइ कार्यक्रम गरेको हो ।

बागमति गाउँपालिका प्रमुख सरकेश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

गाउँपालिकालाइ सुन्दर, सफा र स्वच्छ राख्न यस्तो अभियान अतिनै आवस्यक रहेको बताउँदै अभियानमा सहभागी हुने अवसर प्राप्त भएकोमा एक्दमै खुसी लागेको जानकारी दिँदै परमेश्वरको मण्डलीलाई घलानले धन्यबाद व्यक्त गरे ।

पछिल्लो समय तिव्र रुपमा वातावरण प्रदुषण र जलवायु परिवर्तन भइरहेको कारण मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेकोले वातावरण संरक्षण गर्नका लागि प्र्रत्यक्ष र अप्रत्यक्ष रपमा सबै मानिसलाई सहभागी हुन प्रोत्साहन दिने उद्देश्यले कार्यक्रम गरिएको सहभागी समुहले बताए ।

मण्डली हेटौडाले बागमतीमा गरेको कार्य संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्य प्राप्ति गर्नका लागी गरिने विश्वव्यापी वातावरण सरसफाईको अभियान अन्तर्गतको एउटा भाग मात्र रहेको बताउँदै यसमा आधारित रहेर कोभिड १९का कारण जोखिममा परेकालाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, २८०००भन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व गर्दै आइरहेको बताउँदै शिक्षक, समाजसेवी, जनप्रतिनिधी, पत्रकार लगायतको सहभागीतामा कार्यक्रम गरिएको कार्यक्रम संयोजक पर्शुराम तिम्सिनाले जानकारी गराए ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर अनि माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो ।हाल विश्वभरि कुल ३७ लाख दर्जित सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको वैधानिक मण्डली हो ।