Rato Samachar
Tue, 10 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

‘ ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई युवापुस्ताले अनुशरण गर्नुपर्छ’

धार्मिक भ्रमण तथा छिमेकी जिल्लाका वृद्धवृद्धासँग भेटघाट गर्ने क्रममा दिक्तेल आइपुगेका ओखलढुङ्गाका ज्येष्ठ नागरिकले खोटाङका जेष्ठ नागरिकसँग भेटघाट गर्नुका साथै आपसी अनुभव आदान–प्रदान गरेका छन् । दिक्तेल बजारस्थित पर्यटकीयस्थल मझुवागढीसँगै रहेको कालिका भगवती मन्दिरको दर्शन गर्न उनीहरु दिक्तेल आइपुगेका हुन् । ज्येष्ठ नागरिक सङ्घले दिक्तेलस्थित आफ्नै कार्यालयको प्राङ्गणमा स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ–आफ्नो जिल्लामा भए÷गरेका कामको प्रगतिका बारेमा एकअर्काले जानकारी गराएका थिए । कार्यक्रममा आ–आफ्नो जिल्लाको संस्थागत काम तथा प्रगतिका बारेमा जानकारी दिँदै अनुभव बाँडिएको ज्येष्ठ नागरिक सङ्घ खोटाङका अध्यक्ष एवं जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । “ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई युवापुस्ताले अनुशरण गर्ने प्रणाली नभएको पाइयो”, उहाँले भन्नुभयो, “पार्टीको नेतृत्वदेखि जनप्रतिनिधि चयनका क्रममा युवाभन्दा वृद्धवृद्धाको महत्वपूर्ण हात रहने हुन्छ । हामीले यसलाई भोट देउ, यसलाई नदेउ भनियो भने हामी हराउँछौँ पनि जिताउँछौँ पनि । निर्णायक शक्ति त वृद्धवृद्धा हो । देश विकास गर्न युवापुस्ताले वृद्धवृद्धाको ज्ञान, सीप र अनुभवलाई अनुशरण गर्न आवश्यक छ ।” दुई जिल्लाका ज्येष्ठ नागरिकबीचमा यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभरि विवाह नगरी बसेका वृद्ध र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिदुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दै आएको विषयमा समेत चर्चा चलाइएको थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेलगायतको उपस्थिति थियोे । ओखलढुङ्गाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपप्रमुख बस्नेतसहित १४ ज्येष्ठ नागरिक सहभागी थिए । सोलुखुम्बु, सङ्खुवासभा हुँदै खोटाङ आइपुगेको सो टोलीले शनिबार बिहान दिक्तेलस्थित कालिका भगवती मन्दिरको दर्शन गरेका छन् । विसं २०७० मा गठन भएको ज्येष्ठ नागरिक सङ्घ खोटाङमा आवद्ध वृद्धवृद्धा जिल्लामा हुने भ्रष्टचार, कुरीति, ढिलासुस्ती, कालोबजारीलगायतका विषयमा एकजुट भएर सम्बन्धित निकायमा खबरदारीसमेत गर्दै आएका छन् । स्थानीय दुर्गाप्रसाद घिमिरेको नेतृत्वमा गठित ज्येष्ठ नागरिक सङ्घमा जिल्लाका ३७१ वृद्धवृद्धा आजीवन सदस्य छन् । सङ्घले करिब दुई वर्ष लगाएर रु २१ लाख लगानीमा दिवासेवा केन्द्र भवनसमेत निर्माण गरेका छन् । चन्दा सङ्कलन, देउसी÷भैलो तथा दातृ निकायको आर्थिक सहयोगमा निर्माण गरिएको दिवासेवा केन्द्रको भवनलाई सुरक्षित बनाउन नगरपालिकाको रु १५ लाख लगानीमा घेराबार र प्रवेशद्धार निर्माण गरिएको छ । ज्येष्ठ नागरिक तथा बालमैत्री शौचालयसमेत रहेको सङ्घको दुईतले पक्की भवन भवनगैरास्थित कर्मामन्दिर नजिकै हुलाकडाँडामा छ । गर्मी मौसममा बढी घाम लाग्दा र वर्षात्को समयमा पानी पर्दा ओत लाग्न मिल्ने गरी आफ्नै लगानीमा भवन निर्माण गरिएको ज्येष्ठ नागरिक सङ्घले जनाएको छ । ज्येष्ठ नागरिकबीच भेटघाट गर्न र अनुभव आदान–प्रदान गर्न आफ्नै भवन निर्माण गरेर दिवासेवा केन्द्र स्थापना गरिएको सङ्घका अध्यक्ष घिमिरेले बताउनुभएको छ । “दिवासेवा केन्द्र सञ्चालन गरेपछि जिल्लाका अधिकांश ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमै दिन कटाउन जम्मा हुने गरेका छन्”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई घरमा दिन बिताउन गाह्रो हुने भएकाले उनीहरूका लागि दिवासेवा सुख, दुःखको अनुभव साटासाट गरे दिन बिताउने थलो बनेको छ ।” केन्द्रमा भेला हुने ज्येष्ठ नागरिक घाम मात्र तापेर बस्दैनन् । आ–आफ्नो नामको गमलामा पानी हाल्छन्, भजन गाउँछन्, महाभारत, गीता, स्वस्थानीलगायत विभिन्न धार्मिक ग्रन्थमा आधारित किताब पढ्छन्, कथा सुनाउँछन् र ऐतिहासिक कुरा गरेर दिन बिताउँछन् । दिवासेवा केन्द्रमा रोपिएको फूलको गमलैपिच्छे फूल रोप्ने व्यक्तिको नाम र ठेगाना उल्लेख गरिएको छ । केन्द्रमा नाच्ने, गाउने धेरै जना हुने भएकाले केन्द्रमा भेला हुने वृद्धवृद्धा खुसी र तनावरहित देखिन्छन् । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लोकप्रिय

1

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

2

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

3

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

4

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

5

कुलमान नेतृत्व उज्यालो नेपालका सुरेन्द्र लामा मकवानपुर क्षेत्र -१ को उम्मेदवार बनेपछि…

रातो समाचार संवाददाता
6

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

7

मेयरकप फुटबल प्रतियोगिता, वर्षाको कारण स्थगित दुई खेल आज हुँदै

8

ईलाका प्रहरी मनहरी प्रमुख थापा भए पौष महिनाको सर्वोत्कृष्ट

9

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

10

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा



भर्खरै

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology