हेटौंडा । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बागमती प्रदेश सभामा अनुमानित ३२ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । बुधबार प्रदेश सभामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रदेश सभाकी उपसभामुख अप्सरन चापागाईंले प्रदेशको सचिवालयबाट तयार भएर सामानहरुको क्षति विवरण प्रमाणित भएको जानकारी गराइकी छिन् । बागमती प्रदेश सभामा पुरानो सभा कक्षमा भएको सचिवालयको भवन पूर्ण रुपमा क्षति भएर मर्मत हुन नसक्ने अवस्थामा पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

 

जेनजी प्रदर्शनीको क्रममा सरकारी निजी र व्यवसायीक तथा राजनीतिक दलका नेताहरुको व्यक्तिगत सम्पत्ती समेत तोडोफोड गर्ने र आगो लगाउन कार्य गरेको उनले बताइन् । उनका जेनजीको प्रदर्शनी विभिन्न कार्यहरु गरिएको छ । मर्मत गरेर सञ्चालन गर्न सकिने भवनहरु मर्मत कार्य भइरहेको, ममर्त गरेर सञ्चालन गर्न नसकिने भवनहरुलाई आवश्यक व्यवस्थापन गरिदिन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेको भौतिक सम्पत्ति उपभोगका लागि सम्बन्धीत समितिमा पठाउने व्यवस्था गरिएको उनले बताइन् ।

तत्कालिन प्रदेश सभा सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाको परिसरमा निर्मित हलमा सञ्चालन गर्नेगरी व्यवस्था मिलाउने उनको भनाई थियो । उनका प्रदेश सभाको वार्षिकोत्सवको अवसरमा प्रदेश सभा दर्पण प्रकाशन, कार्यालय परिसरको सरसफाइ कार्यक्रम र माघ १८ गते सचिवालयमा विशेष कार्यक्रम गरिने बताइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी