नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको पाँचौं जिल्ला अधिवेशनमा अशोक सुजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

हेटौंडामा शनिबार भएको अधिवेशनले श्रेष्ठको नेतृत्वमा उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता रानालाई चयन गरिएको हो ।

त्यस्तैगरि सदस्यहरुमा भुवन घलान, मञ्जरी बलामी, आशिष राना प्रजा, जमुना थिङ, भुपेन्द्र राना मगर र सम्झना मगरलाई चयन गरेको छ ।
१३ सदस्सीय कार्यसमितिमा २ सदस्य तामाङ पत्रकार समूह र नेवाः पत्रकार राष्ट्रिय दबूको सिफारिसमा मनोनित गरिने भएको छ । यसैगरी, फोनिजको बागमती प्रदेश प्रतिनिधिमा मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई चयन भएका छन् ।
फोनिजको संघीय(केन्द्रीय) प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सुवर्णलाल श्रेष्ठ र रञ्जिता डंगोल चयन भएका छन् ।

त्यस्तैगरि कार्यक्रममा पत्रकारिता क्षेत्रमा निरन्तर लामोसमय योगदान पु¥याएको उच्च मुल्यांकन गर्दै मकवानपुरका अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाई नगद ५ हजारसहित फोनिज पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, फोनिज मकवानपुरका संस्थापक अध्यक्ष देव लामा, पूर्व अध्यक्षहरु कुमार नेगी र पुर्णिमा लामा तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलाई फोनिज र आदिवासी जनजातिको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कदरपत्र सहित सम्मान गरिएको थियो ।

फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष कृष्ण सारु मगरको सभाध्यक्षता हेटौंडा उप–महानगरपालिका उप–मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, फोनिज बागमती प्रदेशका महासचिव सुरजकुमार भुजेल, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेवाः देय् दबु मकवानपुरका अध्यक्ष योगेश्वर श्रेष्ठ, वनकरिया समुदायकी अगुवा सन्तमाया वनकरिया र विष्णुमाया वनकरिया लगायतको आतिथ्यता रहेको थियो ।