Rato Samachar
Mon, 12 January, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राष्ट्रिय निर्वाचन समाचार

छैटौँ प्रतिनिधिसभाका लागि मङ्सिर ४ गते निर्वाचन

काठमाडौँ, २० साउन  नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको सम्पन्न गर्ने गरी बिहीबार मिति तोेकेको छ । यस निर्वाचनमार्फत नेपालमा छैटौँ प्रतिनिधिसभाको गठन हुनेछ । नेपालको संविधानअनुसार सङ्घीय निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम निर्वाचित हुने १६५ सदस्य र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० प्रतिनिधि सभा गठन हुन्छ । यसैगरी सातै प्रदेशमा संविधानले व्यवस्था गरेअनुरुप प्रतिनिधिसभाको निर्वाचनसँगै प्रदेशसभाका लागि पनि निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।

नेपालमा हालसम्म विसं २०१६, २०४८, २०५१, २०५६ र २०७४ गरी पाँच पटक भएको निर्वाचनमार्फत प्रतिनिधिसभाको गठन भएको थियो भने २०६४ र २०७० मा संविधा सभा सदस्यको निर्वाचन भएको थियो । संविधानसभा कालमा उक्त सभाले व्यवस्थापिका–संसद्को समेत काम गरेको थियो । नेपालमा प्रतिनिधिसभाको निर्वाचनको इतिहास हेर्ने हो भने विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो । त्यसको अन्तिम परिणामको घोषणा २०१६ साल वैशाख २८ गते भएको थियो । प्रतिनिधिसभाको उक्त निर्वाचनमा नौ राजनीतिक दलले उम्मेदवारी दिएकामा छ राजनीतिक दलका उम्मेदवार विजयी भएका थिए । उक्त निर्वाचनमा १०९ सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले ७४ स्थानमा विजयी हासिल गरेको थियो । नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टीले पाँच, नेपाल कम्युनिष्ट पार्टीले चार, नेपाल प्रजा परिषद्ले ९आचार्य गुट० दुई, नेपाल प्रजा परिषद्ले ९मिश्र गुट० एक र चार स्वतन्त्र सदस्य विजयी भएका थिए ।

नेपाल अधिराज्यको संविधान २०४७ प्रारम्भ भएपछि प्रतिनिधिसभामा २०५ स्थानका लागि २०४८ साल वैशाख २९ गते आमनिर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा नेपाली कांग्रेसले ११० स्थानमा विजय हासिल गरेको थियो । यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ६९, संयुक्त जनमोर्चा नेपालले नौ, नेपाल सदभावना पार्टीले छ, राष्ट्रिय प्रजातन्त्र पार्टी ९चन्द०ले तीन, नेपाल मजदुर किसान पार्टीले दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी ९थापा०ले एक, र स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरेका थिए ।

विसं २०५१ कात्तिक २९ गते प्रतिनिधिसभाका लागि तेस्रो पटक आमनिर्वाचन सम्पन्न भएको थियो । २०५ सदस्यका लागि भएको सो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ८८, नेपाली कांग्रेसले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २०, नेपाल सद्भावना पार्टीले तीन, नेपाल मजदुर किसान पार्टीले चार र स्वतन्त्रले सात स्थानमा विजय हासिल गरेका थिए । नेपालमा प्रतिनिधिसभाका लागि चौथो पटक २०५६ सालमा दुई चरणमा आमनिर्वाचन सम्पन्न भएको थियो । २०५सदस्यीय सो निर्वाचनमा नेपाली कांग्रेसले १११, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११, नेपाल सद्भावना पार्टीले पाँच, संयुक्त जनमोर्चा नेपालले पाँच, राष्ट्रिय जनमोर्चाले एक र नेपाल मजदुर किसान पार्टीले एक स्थानमा विजयी हासिल गरेका थिए ।

अवधि पूरा नहुँदै विघटनमा परेको उक्त प्रतिनिधिसभाको विसं २०६२÷०६३ मा भएको जनआन्दोलनको परिणामस्वरुप वैशाख ११ गते पुनःस्थापना गरिएको थियो । यसैगरी तत्कालीन विद्रोही नेकपा माओवादी र आन्दोलनरत सात दलबीच भएको विस्तृत शान्ति सम्झौता र ११ बुँदे सम्झौतापछि पुनःस्थापित प्रतिनिधिसभालाई रुपान्तरण गरी २०६३ साल माघ १ गते नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम ३२९ सदस्यीय व्यवस्थापिका–संसद् गठन गरिएको थियो । नेपालको इतिहासमा पहिलोपटक २०६४ साल चैत २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । नेपालको अन्तरिम संविधान २०६३ अनुसार प्रत्यक्ष, समानुपातिक र मन्त्रिपरिषद्बाट मनोनीत गरी ६०१ सदस्यीय संविधानसभा गठन भएको थियो । सो सभाले व्यवस्थापिका–संसद्को समेत भूमिका निर्वाह गरेको थियो । संविधानसभामा मान्यता प्राप्त २५ दल थिए ।

संविधान निर्माण नहुँदै पहिलो संविधानसभा विघटन भएकाले २०७० मङ्सिर ४ गते पुनः दोस्रो पटक संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । संविधानमा भएको व्यवस्थाबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीबाट २४० र समानुपातिक निर्वाचन प्रणालीबाट ३३५ र मन्त्रिपरिषद्बाट २६ मनोनीत सदस्य रहने व्यवस्था थियो । पहिलो संविधानसभाको झैँ यस संविधानसभाले पनि व्यवस्थापिका–संसद्को समेत कार्य गरेको थियो । संविधानसभाबाट नेपालको संविधान जारीभएपछि प्रतिनिधिसभाका लागि पाँचौँ पटक २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा आम निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा सङ्घीय व्यवस्थाअनुसार पहिलोपटक सातै प्रदेशका प्रदेशसभाको पनि निर्वाचन पनि प्रतिनिधिसभाको निर्वाचनसँगै सम्पन्न भएको थियो । उक्त निर्वाचनमा प्रतिनिधिसभामा रहने कूल २७५ मध्ये १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनबाट र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्यको निर्वाचन भएको थियो ।

यस निर्वाचनमा नेकपा ९एमाले० १२१, नेपाली कांग्रेस ६३, नेकपा ९माओवादी केन्द्र० ५३, राष्ट्रिय जनता पार्टी नेपाल १७, सङ्घीय समाजवादी फोरम नेपाल १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी र स्वतन्त्र एक÷एक स्थानमा विजयी भएका थिए ।
–––
रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, रिदम र रेश्मालाई स्वर्ण, ज्योति र शहसीलाई रजत, रोहितलाई काँस्य

रातो समाचार संवाददाता

हेटौंडा-१० स्थित किरण एण्ड कश्मिर सुनचाँदीका दुतराजले छोरा को जन्मदिन वृद्धाश्रममा मनाए

राजेश गरिब

म्यान मकवानपुरको साधारण सभा सम्पन्न

रातो समाचार संवाददाता

प्रगति माध्यमिक विद्यालयले विविध कार्यक्रम गर्दै स्वर्ण जयन्ती मनाउने

रातो समाचार संवाददाता

अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट कराँतेमा सहभागी हुने मकवानपुरे खेलाडीको विदाई

रातो समाचार संवाददाता

हेटौंडाको सडक कूलमान र सुदनले भत्कायो: दुर्गा प्रासाईं

रातो समाचार संवाददाता

नयाँ अनुहारलाई अवसर प्रदान गर्न चुनाव नलड्ने : नेता विरोध खतिवडा

रातो समाचार संवाददाता

सिआन पुर्नस्थापना केन्द्रको कफि बनाउने तालिम सकियो

रातो समाचार संवाददाता

हेटौँडा फुटबल एकेडेमीका खेलाडी अस्मिर गोङ्बाले राष्ट्रिय लिग फुटबल खेल्ने

रोहित थापा क्षेत्री

बालबालिकालाई कूलतबाट जोगाउन आफू सचेत हुनुपर्छ

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, रिदम र रेश्मालाई स्वर्ण, ज्योति र शहसीलाई रजत, रोहितलाई काँस्य

रातो समाचार संवाददाता

हेटौंडा-१० स्थित किरण एण्ड कश्मिर सुनचाँदीका दुतराजले छोरा को जन्मदिन वृद्धाश्रममा मनाए

राजेश गरिब

म्यान मकवानपुरको साधारण सभा सम्पन्न

रातो समाचार संवाददाता

प्रगति माध्यमिक विद्यालयले विविध कार्यक्रम गर्दै स्वर्ण जयन्ती मनाउने

रातो समाचार संवाददाता

सांसद पदका लागि स्वतन्त्र उम्मेद्वारी दिने सामाजिक अभियान्ता आशिका तामाङको घोषणा

रातो समाचार संवाददाता

अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट कराँतेमा सहभागी हुने मकवानपुरे खेलाडीको विदाई

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology