Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

चार अर्ब १७ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८÷७९ मा चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिनुभयो । आव २०७८÷७९ मा कार्यालयले रु चार अर्ब २४ करोड ७४ लाख ६९ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । कार्यालयअन्तर्गत इलाम र फिदिममा समेत करदता सेवा कार्यालय सञ्चालन हुँदै आएको छ । भद्रपुर कार्यालयबाट रु तीन अर्ब सात करोड १६ लाख ३५ हजार, इलाम सेवा कार्यालयमार्फत रु ५६ करोड ८९ लाख ६८ हजार र फिदिम सेवा कार्यालयमार्फत रु ५२ करोड ८९ लाख ७० हजार गरी कूल रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयले आयकरबापत रु एक अर्ब ८७ करोड ३१ लख ५८ हजार, बहाल करबापत रु चार करोड २० लाख ४४ हजार, ब्याज करबापत रु ६ करोड ५८ लाख ८१ हजार, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब ७० करोड सात लाख १० हजार, अन्तःशुल्कबापत रू ४८ करोड ७८ लाख ८४ हजार र शिक्षा सेवा शुल्कबापत रू ९७ हजार राजस्व सङ्कलन गरेको छ । विभिन्न सात शीर्षकमा कर सङ्कलन गर्दै आएको कार्यालयले स्वास्थ्य सेवाबापत रु १० लाख ९० हजार ६९० राजस्व सङ्कलनको लक्ष्य पाए पनि कर सङ्कलन शून्य रहेको छ । अघिल्लो वर्ष कोरोना भाइरसको महामारीका कारण राजस्व असुलीमा कमी आए पनि यो वर्ष बढेको प्रमुख कर अधिकृत रिजालले बताउनुभयो । “सबै उपाय अपनाएर राजस्व असुलीलाई करिब शत्प्रतिशतकै हाराहारीमा ल्याउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “समग्रमा राजस्व असुली सन्तोषजनक नै छ ।” करदाता सचेतना अभिवृद्धि गर्न सरोकारवालाहरुसँग अन्तरक्रिया र १२ वटा करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको उहाँको भनाइ छ । ताप्लेजुङ, पाँचथर, इलाम जिल्ला र झापाको मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र केचनाकवल गाउँपालिका कार्यालयको कार्यक्षेत्र रहेको छ ।
–––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology