डा. सुवास घिमिरे

जन्मनुभन्दा पहिला बच्चा आमासँग जोडिएको हुन्छ । गर्भमा रहेको बच्चालाई सबै पोषणतìव नाभीबाटै प्राप्त हुन्छ । योगीले पनि नाभीको महत्त्व बताइरहेका हुन्छन् । जन्मिसकेपछि भने मुख प्रमुख अङ्गका रूपमा रहेको हुन्छ । बच्चा गर्भमा रहँदा जसरी नाभीको महत्त्व हुन्छ, त्यसैगरी जन्मिसकेपछि मुखको महत्त्व हुन्छ । खानका लागि मात्र मुखको महत्त्व होइन, समग्र स्वास्थ्यको अङ्ग हो– मुख । मुख सम्पूर्ण रूपमा ठीक हुनुपर्छ । मुखभित्र रहेको दाँतको पनि आफ्नै महत्त्व छ । जिब्रो, गाला, थुकका ग्रन्थीको आआफ्नो महत्त्व छ । मुख प्रमुखद्वार नै हो । मृत्युपर्यन्त मुखको महत्त्व रहन्छ । मृत्युसंस्कार गर्दा दागबत्ती पनि मुखबाट नै दिइन्छ ।

कोही रिसायो वा कसैलाई चिन्ता प¥यो भने यो कुरा मुखबाटै चाल पाइन्छ । कसैलाई राति निद्रा लागेन भने उसको अनुहार हेरेर अरूले थाहा पाउँछन् । कसैको पेट दुःखेको छ भने डाक्टरले सुरुमा आँखालाई चलाएर हेर्छ । मुखमा टर्च बालेर हेर्छ । पेट दुःखेको मानिसको टर्च बालेर मुख किन हेर्नु परेको होला भन्ने हामी ठान्छौँ तर भित्र भएको रोगको पहिचान मुखबाटै गर्न सकिने भएकाले यस्तो गर्नु परेको हो । त्यसैले शरीरको ऐना भनेकै मुख हो । सबै कुराको द्वार मुख नै हो ।

हामी रोगबाट कसरी बच्ने भनेर निरन्तर प्रयास गरिरहेका हुन्छौँ । मनोविज्ञानसम्बन्धी चिकित्सकले ९० प्रतिशत रोग मानसिक रूपमा लाग्छ भन्छन् । मुखको हेरचाह गर्ने हो भने यी रोग लाग्दैनन् । दुर्घटनालगायतका समस्या १० प्रतिशत मात्र पर्छन् । ९० प्रतिशत रोग लाग्न नदिन मुखको हेरचाह गर्नुपर्छ । नसर्ने रोग पनि मुखकै कारणले लाग्छन् त भन्ने प्रश्न पनि उठ्न सक्छ । मुखकै कारणले नसर्ने रोग पनि लाग्न सक्छन् । सर्ने रोग त मुखबाटै सर्ने भइहाल्यो । जस्तो कि मुख तथा नाकबाट कोरोना सर्छ । नसर्ने रोग पनि मुखकै कारणले बढेका छन् । मानसिक, पेटलगायत अन्य रोगका चिकित्सकसँग पनि बुझ्न सकिन्छ कि रोग लाग्ने प्रमुख कारण मुखस्वास्थ्यलाई हेरचाह नगर्नु हो । त्यसैल रोग लाग्न नदिन हामीले नियमित रूपमा शरीर तथा मुखको व्यायाम गर्नुपर्छ । खानेकुराको ख्याल गर्नुपर्छ ।

ध्यान गर्नेले ध्यान मात्र गर्ने भन्छ, योग गर्नेले योग मात्र गर्ने भन्छ तर त्यस्तो होइन, व्यायाम पनि अनिवार्य गर्नुपर्छ । योगी त एकछाक खान्थे, फलफूल मात्र खान्थे र शारीरिक व्यायामको जरुरत पर्दैनथ्यो । धेरैजसो रोग खानेकुरा स्वस्थ नभएकाले लाग्ने गर्छ । राम्रो खाने पनि मुख, नराम्रो खाने पनि मुख हो । राम्रा खानेकुरा भनेको प्राकृतिक खानेकुरा हुन्, जसलाई प्रशोधन गरिएको हुँदैन । यस्ता खानेकुराले शरीर र मुखलाई सफा राख्छ ।

जीवनमा रोग निम्त्याउने खानेकुरा भनेको नुन, चिनीजन्य गुलियो पदार्थ र तेल हुन् । यी खाद्य पदार्थले मानिसको जीवनलाई कहिल्यै पनि राम्रो गर्दैन । सुर्तिजन्य पदार्थ त हानिकारक नै भयो । शरीरमा पानीको मात्रा बढाउनुपर्छ । पानी पिउँदा जहिले पनि चपाएर पिउनुपर्छ । थुक औषधि हो । थुकसँग मिसाएर खाएमा राम्रो हुन्छ । थुकसँग पानी मिसाएर खायो भने स्वस्थ जीवन जिउन सकिन्छ । पानी मात्र पियो भने तुरुन्त पिसाब आउँछ तर चपाएर पानी निल्यो भने पिसाब आउँदैन । शरीरका लागि यो अति नै उत्तम औषधि हुन्छ । यसले दाँतमा कीरा लाग्ने समस्या र पेटसम्बन्धी रोगबाट बचाउँछ । शरीरमा अन्य रोग पनि लाग्न दिँदैन । पत्रुखाना (जङ्क फुड)ले भने कालान्तरमा रोग निम्त्याउन सक्छ । मानिसले किनेर खान सिक्यो तर त्यसले कस्तो असर पु¥याउँछ भन्ने विषय सिकेन ।

मानसिक समस्या पनि मुखले जन्माउने हो । सोचलाई सही राख्यो भने सफलताको सिँढी उक्लन सकिन्छ । बोली मिठो भयो भने ९५ प्रतिशत समस्या समाधान हुन्छन् । मुखले नै अरूलाई वैरी बनाउँछौँ । मानसिक समस्या हुने पनि मुख र बोली नै हो । उदाहरणका लागि कसैलाई केही नराम्रा कुरा भनियो भने ऊ राम्रोसँग सुत्न सक्दैन नि । यस्तै कसैलाई अल्सर मात्र भएको छ तर त्यसलाई सकारात्मक सोच राखेर उपचार नगर्ने सोचेर मात्र बस्ने हो भने क्यान्सर पनि हुन सक्छ । उखान नै छ नि चिन्ताले चितासम्म लैजान्छ भन्ने । त्यसैले मुखको हेरचाह गर्न व्यायाम गर्ने र खानपानमा ध्यान दिनुपर्छ ।

ब्रसले मात्र मुख सफा हुँदैन । तपाईंको खानपिनमा जबसम्म सुधार हुँदैन, तबसम्म मुखस्वास्थ्य राम्रो हुँदैन । मुखस्वास्थ्यको सम्बन्ध मुटुसँग पनि हुन्छ । मुखस्वास्थ्यको सम्बन्ध मिर्गौला, पेटलगायत शरीरका हरेक अङ्गसँग छ । अहिले २०/२२ वर्षकै उमेरका कतिपय मानिसमा धेरै रोगको समस्या देखा परेको छ । मानिस माइग्रेनको औषधि लिइरहेका हुन्छन् । मधुमेह नियन्त्रणमा छैन । नियमित औषधि खानु परिरहेको छ । यो अवस्था भनेको उसको मुखस्वास्थ्यले गर्दा भएको हो । मुखस्वास्थ्यले गर्दा नै मधुमेह नियन्त्रण हुन सक्दैन । रक्तचाप पनि उच्च हुन्छ । पेट, मुटुका रोग पनि बढ्छ । त्यसैले प्राकृतिक खानेकुरा खाने हो भने यी खाना आफँै दाँत माझ्ने ब्रस भइदिन्छ । यसले नै शरीर र मुख दुवै सफा राख्छ, सफा गर्छ । शरीर आफैँ औषधि हो । ओषधिले त दबाउने मात्र काम गर्छ । पूरै निको बनाउने काम गर्दैन । कसैले उच्च रक्तचापको औषधि खाएको छ भने औषधिले दबाउने काम मात्र गरेको हुन्छ । बिसेक पार्न सक्दैन । उच्च रक्तचाप नियन्त्रण गर्नलाई शरीर नै पावरहाउस हो । भेन्टिलेटरमा राखेर कृत्रिम श्वास फेरेजस्तै हो यो औषधि खानु भनेको । त्यसकारण आफ्नै शरीरलाई औषधि बनाउन कोसिस गर्नुपर्छ ।

यदि कुनै रोग छैन भने रोगसँग लड्ने क्षमता प्रशस्त हुन्छ । यो बेला भने दुई पटकसम्म ब्रसले दाँत माझ्नुपर्छ । यदि मधुमेह, उच्च रक्तचाप लगायतको रोग छ भने खानापछि दाँत माझ्नुपर्छ । राति सुत्नुभन्दा अघि र बिहान अनिवार्य दाँत माझ्नुपर्छ । राति अनिवार्य रूपमा दाँत माझ्नुपर्छ । थुक औषधि हो तर त्यही थुक बिहान विष बनेको हुन्छ । राति सुत्दा मुख चल्दैन । दाँतमा जीवाणु जम्मा हुन्छन् । बिहान उठेर पानी खाइदिन्छाैँ ।

मुखमा भएको जीवाणु पेटमा गएर ग्यास्ट्रिक हुन्छ । त्यसैले बिहान उठ्नेबित्तिकै दाँत माझ्नुपर्छ । हामीले दाँत माझ्दा तीन भाग मात्र माझेका हुन्छाैँ तर दुई दाँतको बीचको भागमा हामीले कहिल्यै माझ्दैनौँ । त्यसैले दाँतको सबै भागमा पुग्ने ‘इन्टरडेन्टल ब्रस’को प्रयोग गर्नुपर्छ । दुई दाँतको बीचको फोहोर ‘इन्टरडेन्टल ब्रस’ले मात्र सफा गर्छ । दाँतको सबै भागमा सफा गर्नुपर्छ । जुन भागबाट खाना खाइन्न, त्यो ठाउँमा जीवाणुले घर बनाइसकेको हुन्छ । छ महिनामा एक पटक चिकित्सकलाई दाँत देखाउनुपर्छ । मुखभित्र कुनै सेतो, कालो घाउ छन् भने पनि याद गरिरहनुपर्छ । १४ दिनसम्म निको भएन भने चिकित्सकलाई देखाइहाल्नुपर्छ । शरीरको व्यायामले मुखको पनि व्यायाम हुन्छ । मुखको छुट्टै व्यायाम पनि गर्न सकिन्छ । मुखस्वास्थ्यलाई मात्र ध्यान दिने हो भने धेरै रोगबाट बच्न सकिन्छ ।

मुखमा विभिन्न किसिमका समस्या आउँछन् । धेरैजसो दाँतमा कीरा लाग्ने समस्या, गिजा पाक्ने समस्या देखिन्छ । जन्मँदै लिएर आएको समस्या पनि हुन्छन् । तालुखुँडे, ओठखुँडेजस्ता रोग जन्मँदै लिएर आएका समस्या हुन् । कसैको दाँत जन्मनेबित्तिकै आउँछ । दाँतको विकास प्रक्रियामा पनि समस्या हुन्छन् । श्वासप्रश्वासमा समस्या पनि दाँतको समस्याले गर्दा हुन्छ । दाँतको जराको विकास नहुनु, बङ्गरा सानो भएर निस्कनु पनि यसका समस्या हुन् । मानसिक समस्याले पनि मुटु र दाँत दुवैलाई असर गर्छ । दाँत फुट्ने, चोइटिने लगायतका समस्या पनि दाँतमा देखिन्छन् । हामी जे पायो, त्यो खाने गर्छौं । संसारमा सबैभन्दा बढी क्यान्सर हुने कारण चिनी हो । चिनीजन्य गुलियो पदार्थले दाँतमा कीरा मात्र लाग्दैन, शरीरलाई पनि ध्वस्त बनाउँछ । चिनी सेवनबाट शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुन्छन् । त्यसैले प्राकृतिक जीवनशैली अपनाउनु पर्छ । यही जीवनशैलीले कुनै पनि रोग लाग्न दिँदैन ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो