हेटौडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले सम्पुर्ण इसाई धर्ममा रहेका र क्रीस्चियन  धार्मिक ग्रन्थ प्रती आफ्नो उच्च सम्मान रहेको बताएका छन् ।

उप-महानगरपालिका  वडा न १३ पदमपोखरीमा आउँदै गरेको पर्व क्रिसमलाई मध्यनजर गर्दैसंयुक्त मण्डली पाष्टर संगतीले गरेको शुभकामना आदान प्रदान कार्यक्रम यस्तो बताएका हुन् ।

मुलुकमा धर्म संस्कृति संरक्षण र सम्बर्दधनबाट देशमा आपसी विश्वास र सद्भावको अभिवृद्धि भई राष्ट्र निर्माण एवम् समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा आफु सधै रहेको बताए ।

आउदै गरेको क्रिसमसको अवसरमा सम्पूर्णमा सुख शान्ति र समृद्धिका लागि शुभकामना दिदै इसाई समुदायलाई बिगत देखि नै सहयोग गर्दै आइरहेको र आउँदा दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मकवानपुर पास्टर एसोशियसनका अध्यक्ष दिपक भोलन इसाई समाज मकवानपुर अध्यक्ष निमाटोल्मा आचार्य लगायत मण्डलीका पास्टरहरुले कृसमसको महत्त्वको बिषयमा प्रष्ट पार्दै सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

मण्डली संगतिका अध्यक्ष चन्द्र गोलेको सभाध्यक्षतामा हेटाडा उपमहानगरपालिकाका मेयर महतको प्रमुख आतिथ्यता, उप–मेयर मिना कुमारीलामाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा १२ का वडाअध्यक्ष ललित घलान,१३ को वडा अध्यक्ष मनोज वाइबा लगायत इसाइ मंडलीका पास्टर तथा विस्वासीहरुको सहभागी रहेको थियो ।

बाइबल ग्रन्थ अनुसार बिश्वको तारा भनी चिनिने येशु ख्रीष्ट्को जन्मोत्सवलाई बिश्वभरी डिसेम्बर २५ का दिन मनाउने गरिएको छ ।