
रोशन दिप – हेटौडामा नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) मकवानपुरको शुक्रबार ८औँ जिल्ला अधिवेशन हुँदै छ ।
अधिवेशनबारे जानकारी दिदै क्युपेकका अध्यक्ष प्रह्लाद राईले उद्धघाटन कार्यक्रम बागमतीका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री प्रेम भक्त महर्जनको प्रमुख अतिथ्यतामा अधिवेशन हुने बताउँदै अधिवेशनको उद्धघाटन पिप्ले सामुदायिक वन उपभोक्ता समितिको हलमा गरिने जानकारी गराए।
उनका अनुसार देशभर १ लाख ८७ हजार ७ सय १७ जना सदस्य आवद्ध रहेको क्युपेकको स्थापना २०६० सालमा भएको हो ।
जसले श्रमिक मैत्री निती बनाउन सरकारलाई पहल गर्नुका साथै श्रमिकहरुका समस्याको उचित समाधानका लागि कार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्