रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा आइतबार किसान हक, हित र सामाजिक सुरक्षा विषयमा बहस कार्यक्रम भएको छ ।

राष्ट्रिय किसान आयोगका सदस्य टेक बहादुर बोगटीको सभाध्यक्षता र बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

मन्त्री श्रेष्ठले सरकारले किसानहरुले गरेको मागलाई मध्येनजर गर्दै अनुदान दिने व्यवस्था गरे पनि किसानहरुले अनुदानको सदुपयोग गर्न नसकेको बताए ।

उनले किसानहरुलाई अनुदानको माग मात्रै हैन प्राप्त भएको अनुदानको सहि ढंगले सदुपयोग गर्न आग्रह गर्दै आव ८२/८३ मा प्रदेश सरकारले किसान हक, हित र विकासका लागि विभिन्न नीती तथा योजना बनाउने जानकारी गराए ।

कार्यक्रमममा सहभागी किसानहरुले किसानको समस्या सम्बोधन गर्ने कुरा घोषणा पत्रमा मात्रै सिमित रहेको गुनासो गरे । संघिय, प्रदेश र स्थानीय तिनै तहका सरकारले कागजी रुपमा मात्र नभई कृषी मैत्री योजना, कार्यक्रम र नीतीलाई अझ प्रभावकारी ढंगबाट कार्यन्वयन गर्नमा पनि जोड दिनुपर्ने बताए ।

तीनै तहका सरकारसँग राष्ट्रिय किसान आयोगको समन्वयात्मक सम्बन्ध स्थापित गर्दै नीतिगत तहममा किसानका समस्याहरुबारे जानकारी प्राप्त गर्ने वातावरण तय गर्न र किसान हक, हित र अधिकार सुनिस्चितताको लागि जतप्रतिनिधि सरोकारवाला निकायसँग बहस मार्फत वर्तमान अवस्था समस्या तथा चुनौती बारे छलफल गर्ने उद्देश्यले कार्यक्रम गरिएको बोगटीले बताए ।

राष्ट्रिय किसान आयोगकी सदस्य मञ्जु धिमाल, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकाल, प्रदेश सभा सदस्यहरु गोविन्द लम्साल, मधु सुदन पौडेल, रत्न प्रसाद ढकाल, कृष्ण प्रसाद शर्मा खनाल, सुरेन्द्रराज गोसाई, एकालाल श्रेष्ठ, अखिल नेपाल किसान महासंघ बागमतीका अध्यक्ष एकालाल उप्रेती जिसस मकवानपुर प्रमुख ललित घलान लगायतको उपस्थितीमा कार्यक्रम भएको हो ।