जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोज तलास गरी प्रहरी अधिकृत सहितको टोलिले बनेपा नगरपालिका वडा नम्बर ११ स्थित –५१ वर्षका सितारम दाहाल र सोही स्थानका ४३ वर्षका कुमार भुजेल लाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको जानकारी अनुसार धादिङ जिल्ला अदालतबाट २०६२जेठ २४ मा सवारी ज्यान मुद्धामा ६ कैद र २ हजार जरिवाना फैसला गरिएको सितारम र चेक अनादर मुद्दामा २०७४ फागुन१४ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ सात दिन कैद र रु. ३ हजार जरिवाना फैसला गरिएकोे कुमार पक्राउ परेका हुन् ।

पक्राउ गरी फैसला उनिहरुलाई कैद तथा जरिवाना फर्छौटको लागि मिति१० र १२ गते काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पेश गरिएको छ ।