नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामालाइै  घोषित गरिएको  छ।

कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको हो ।

कांग्रेस नेतृत्वकको लागि  सभापतिको युद्धमा  रहेका आनन्दराम पराजुली,जयराम लामिछाने र बुद्ध लामा रहेका थिए।

कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत सभापति पदका लागि पहिलो चरणको निर्वाचनमा खसेको मतमा गणना अनुसार पराजुलीले ५४५ लामाले ५९२ लामिछानेले ५३१ मत प्राप्त गरे । १०७ मत बदर भएको हो ।

५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको थियो।

मकवानपुरको सभापति पदको उम्मेदवार बुद्ध लामा पहिलो, आनन्दराम पराजुली दोस्रो र जयराम लामिछाने तेस्रो स्थानमा परेपछि  दोस्रो चरणमा पराजुली र लामाबीच चुनावी  युद्ध हुने भएको थियो ।

सभापतिका प्रत्यासी  आनन्दराम पराजुली र बुद्ध लामा विच सहमती जुटेपछि निर्वाचन समितिले लामा मकवानपुरको सभापति भएको घोषणा गरेको हो ।