हेटौंडा । कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता आगामी माघ १३ गतेबाट सुरु हुने भएको छ । बुधबार कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीको सभाध्यक्षमा बसेको क्लबको बैठकले चौंथो संस्करणको कमाने प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता माघ १२ गतेबाट माघ १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस अघि तेस्रो संस्करणको सम्मको प्रतियोगिता टी–१० को आधारमा गर्ने गरेकोमा यस वर्षबाट फरक ढंगले खेललाई मनोरञ्जनात्मक र रोमाञ्चक बनाउनका लागि २० ओभरको खेल खेलाएर प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको क्लबका अध्यक्ष खत्रीले बताएका छन् । खेलाडी तथा क्लबको लिलामी पुस १३ गते गर्ने अध्यक्ष खत्रीले बताएका हुन् ।

हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको मुख्य प्रयोजनमा हुने प्रतियोगितामा ८ वटा क्लबहरुको सहभागिता रहने उनले बताए । गत वर्ष सम्पन्न भएको क्रिकेट प्रतियोगितामा उपाधि विजेतालाई ५० हजार रुपैयाँ र उपविजेतालाई २५ हजार रुपैयाँको पुरस्कार राशि प्रदान गरिएको थियो । यस वर्षको प्रतियोगितामा पुरस्कारको राशिको रकम बढाउने निर्णय गरिएको छ ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेतालाई प्रदान गर्ने पुरस्कार राशिको रकमबारे पछि निर्णय गरिने उनले बताए । यसवर्षको प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।

टी–२० को आधारमा प्रतियोगिताको आयोजना गराउनाले खेलाडीले आफ्नो आफ्‌नो कला प्रस्तुत गर्न सक्ने बताउँदै अध्यक्ष खत्रीले भने”हामी अझै मैदानको अभावमा छौं । पहिलाको संस्करणमा भन्दा यो पटक हामी फरक अभ्यासमा छौ हामी” । पहिले १ टिमाम १ जना मात्र ८ नम्बर बाहिरका खेलाडी खेल्न पाउथ्यो भने यो पटक ८ नम्बर वडा बाहिरबाट ३/३ जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

यसवर्षको प्रतियोगितामा बाहिरी प्रदेश, जिल्ला र राष्ट्रियस्तरको खेलमा सहभागी भइसकेको खेलाडीहरु सहभागी हुने भएकोले स्थानीय खेलाडीले सिक्ने अवसरको पाउने छन् । प्रतियोगितामा सहभागी हुने खेलाडीसँग सामान्य गरेर पारिश्रमिकको निर्धारण गरेको उनको भनाई छ । क्लबको नियमित कार्यसूची छिट्ट सार्वजानिक गर्ने उनले बताए । गतवर्ष सम्पन्न भएको फाइनल खेलको उपाधि कमाने टाइगर्सले जितेको थियो भने कमाने रोयल्स ४ उपविजेता बनेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी