औषधि व्यवसायी विष्णु थापाले आफ्नो अध्यक्ष पदको उम्मेदवारी घोषणा सँगै प्यानल सार्वजानिक गरेका छन् ।

यहि आउदो १३ गते शनिबार हुने सभा र छैठौं अधिवेसनको लागि चुनावी मैदानमा दुई प्यानल उत्रेका छन् ।
करिब २० वर्षदेखी औषधि व्यवसाय क्षेत्रमा रहेका थापा पहिले सह कोषाध्यक्ष भई पछिल्लो कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका ।
समिति उपाध्यक्षमा संघर्ष गुरुङ, महासचिवमा भरत बहादुर कार्की, सचिवमा यादव अर्याल, कोषाध्यक्षमा ङाजी लाल लामा ९सुशान्त० र सह कोषाध्यक्षमा किसन गुप्ता रहेका छन् भने सदस्यहरुमा सविना विडारी, अनिष सुवेदी र सुरेन्द्र श्रेष्ठ रहेका छन् ।
थापाले आफ्नो प्यानल घोषणा गरेसँगै पत्रकारसामू विभिन्न एजेण्डाहरु समेत सार्वजानिक गरेका छन् ।
थापाले औषधि व्यवसायीहरुको हकहितमा लागेसँगै जिल्ला स्वास्थ्य कार्यालयसँग फार्मेसी सुध्रिकरणको काम गर्ने, आवश्यकता अनुरुप उपसमिति गठन गरि संघलाई मजबुद बनाउने खाल्का कार्ययोजना तयार गर्ने, संघले व्यवसायीहरुको हरेक समस्यामा साथ दिइ दर्ता, नवीकरण लगायत अन्य प्रशासनिक काममा साथ सहयोग गर्ने लगायत विभिन्न एजेण्डाहरु रहेको पत्रकार सम्मेलन मार्फत बताएका छन् ।
संघमा ११६ जना सदस्य आवद्ध रहेका छन् ।























प्रतिक्रिया दिनुहोस्