नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौता प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने बेलामा संसद् बैठक बहिष्कार गर्ने भएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी पारित गर्न लागिएपछि बैठकमै नबस्ने निर्णय लिएको बताए । उनले पार्टी स्थायी कमिटी बैठकमा एमसीसीबारे सर्वसम्मत निर्णय नभएको समेत जानकारी दिए ।

व्याख्यात्मक घोषणा भनेको के हो रु कुन अन्तर्राष्ट्रिय कानुनअन्तर्गत हुन्छ रु यसको वैधानिकता के हुन्छ रु,ु उनले प्रश्‍न गरे, ुअमेरिका र एमसीसीले मान्छ भन्ने सुनिश्चितता के छ रुु

खनालले अगाडि भने, ुअमेरिकाले मान्ने कुराको सुनिश्चितता नभइकन व्याख्यात्मक घोषणाको आधारमा यो मत विभाजन हुँदैछ । यसमा भाग लिन्न ।ु

नेता खनालले राजनीतिक दलका शीर्ष नेताहरुले एमसीसीमा अमेरिकालाई मनाउनका लागि खुट्टा नटेकेको आरोप पनि लगाए ।

उनले संसद् बैठकमा एमसीसी सम्झौताको सामान्य छलफलका क्रममा एमसीसी संशोधन नगरिकन अनुमोदन गर्न नहुने अडान दोहोर्‍याएका थिए । आफूहरू एमसीसी ग्रहण गर्ने पक्षमा रहेको तर यथास्थितिमा अनुमोदन गर्न नहुने उनले बताएका हुन् ।

समाचार कान्तिपुरमाबाट साभार गरिएके हो